भोजपुर । आइतवार मलेसियाको सेगाम्वुतमा रहेको निर्माणधिन पुलको छेउमै कलाकार दिपेश विशी गहै रड उचाल्दै थिए । उनी संगै उनका साथीहरु पनि उनलाई सहयोग गर्दै थिए । छड वोकेका दिपेश एक्कासी लडेपछि घाइते भए अनि खुट्टामा चोटलागेका उनलाई साथीहरुले उद्धार गरे ।
सेगाम्वुतमा प्रस्तुत दृश्य खिचिरहदा निर्देशक राघव आचार्य वेला वेला कलाकारलाई के काम गर्ने भनेर सिकाइरहेका थिए । दिपेश रियल नभइ एउटा गितको म्युजिक भिडीयोको लागी घाइते भएका थिए । विक्रम चाम्लिङ्गको स्वर रहेको गित ‘रुदै सिमाना काटनेलाई’वोलको गित छायाकन भइरहदाका दृश्य थियो त्यहा । त्यहा कार्यरत रहेका नेपाली र वंगाली श्रमीक ले पनि सो म्युजिक भिडीयोमा अभिनय गरेका छन् । दिपेशलाई सो म्युजिक भिडीयोमा शिव मगर,सुर्य थापा र गोपिका नेपालले साथ दिएका छन् । दिपेश र गोपिकाको जोडी देख्न सकिने सो म्युजिक भिडीयोका दुवै कलाकारको यो डेव्यु म्युजिक भिडीयो हो ।
मलेसियाको सेगाम्वुत र सिमोनियामा छायाकन गरिएको सो म्युजिक भिडीयोमा विदेश जाने नेपाली ले भोगेका दुख देखाइएको छ । जेवि दर्लामीको शव्द रहेको सो गितलाई जनक रुचालले संगीत दिएका छन् । विदेशमा नेपालीले भोगेका दुख र परिवारमा परेको पिडा लाई हामीले दृश्यका रुपमा देखाउन खोजेका छौ निर्देशक आचार्यले भने । आचार्यको यो चौथो भिडीयो हो । आचार्य पछिल्लो समय मलेसियामा निर्माण भएका म्युजिक भिडीयोमा व्यास्त वनेको छन् ।
सो म्युजिक भिडीयो छिटै नेपाली दर्शक माझ पुर्याउने लक्ष्य निर्माण पक्षले लिएको छ । मलेसियामा नेपाली श्रमीकले निर्माण क्षेत्रमा कस्तो दुःख भोगेका छन् त्यो भिडीयोमा देखाउने प्रयास गरेको आचार्यले वताए । गोपिकाले पनि पहिलो पटक क्यामेरामा अभिनय गरेकि हुन् मलक्कामा रोजागारीका क्रममा रहेकी गोपिकाले दिपेशको जोडिका रुपमा पर्दामा अभिनय गरेकि हुन् । पहिलो पल्ट क्यामेरामा अभिनय गरेपनि आफुले राम्रो अभिनय गरेको ले यो भिडीयो दर्शकले मन पराउने विश्वास उनले गरेकि छन् । भिडियोको छायाकन भने पत्रकार अर्जुन काफ्लेले गरेका हुन् ।

तपाईको प्रतिक्रिया