वि.सं. २०७४ वैशाख १८ गते सोमबार तदनुसार ई. सं. २०१७ मे १ तारिखमेष
समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला ।
वृष
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ ।
मिथुन
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।
कर्कट
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ ।
सिंह
आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ । बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ ।
कन्या
गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ ।
तुला
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ ।
वृश्चिक
ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ ।
धनु
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ ।
मकर
लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नेछ ।
कुम्भ
कृषिमा कामको चाप र चौपायामा केहि समस्या देखिनेछ, तर पनि मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ ।
मीन
दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ। आम्दानी तथा आयआर्जनका स्रोत समेत समय छ ।

तपाईको प्रतिक्रिया