वि.सं. २०७४ वैशाख १९ गते मंगलबार तदनुसार ई. सं. २०१७ मई ०२ तारिख
मेष
टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ ।
वृष
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
मिथुन
हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ ।
कर्कट
चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । पहिलेका समस्या दोहोरिन सक्छन्। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ ।
सिंह
कर्मको उचित प्रतिफल पाइनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।
कन्या
आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ ।
तुला
स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा समय दिन नसकिएला । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । सवारीमा सावधानी अपनाउनुहोला ।
वृश्चिक
सन्दर्भमा केही प्रतिस्पर्धा हुने सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ ।
धनु
नयाँ काममा हात हाल्ने समय छ । सोखले खर्च बढाउन सक्छ। प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला ।
मकर
अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ । अस्वस्थताले काममा बाधा पुर्याउला । बाध्यताले अलमल्याउन सक्छ ।
कुम्भ
दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ । सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ ।
मीन
शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा पनि विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ ।

तपाईको प्रतिक्रिया