रेडियो नेपालका श्रोतामाझ चर्चित पात्र हुन्, बूढीआमै । ‘जेटिएसँग बूढीआमै’ नामको कृषि कार्यक्रममा नाट्य अभिनय गर्ने बूढीआमैको वास्तविक नाम हो, लक्ष्मी भुसाल । पाँच दशकदेखि निरन्तर रेडियो नाटकमा सक्रिय भुसाललाई सुन्दा जति आनन्द आउँछ, उनको वास्तविक जीवन ठीक विपरीत छ । यस्ताे छ …

तपाईं त भर्खरकी देखिनुहुन्छ त ! हाँस्दै अगाडि बढेकी उनीप्रति मैले आश्चर्य जनाएँ । ‘नाटकमा पो बूढीआमै त, साँच्चिकै त कहाँ कम्तीकी छु र !’ उनले पनि आफ्नो ऊर्जा व्यक्त गरिहालिन् ।

जय वागेश्वरी मन्दिरपरिसरमा दोहोरो मजाक चल्यो केहीबेर । तत्काल मजाक छोट्याएर पलेँटी कसेरै लामो गफ गर्ने धेय थियो मेरो । ‘कता बस्ने त दिदी, घरैतिरै जानेकी ’

ऊर्जामा बुढ्यौली लुकाएकी उनलाई मैले ‘आमै’ सम्बोधन गरेर निराश बनाउन चाहिनँ । तर, उनी निराश भइन् । लामो सुस्केरा हालिन्, रेडियो नाटकमाजस्तै । ‘घर भए पो जानु नानी १ होस्, यतै बेन्चतिर बसौँ,’ उनको अनुहार अमिलो भयो ।

घरको कुरा उठेसँगै यति चर्चित मान्छे किन अमिलिइन् रु उनको घर छैन या घरजम रु यस्ता प्रश्नले मेरो दिमागमा हिर्कायो । कुरा नचपाई क्षमा मागेँ, तपाईंको मन नगिजोल्याऊँ कि दिदी ?‘होइन, होइन, केही छैन, जीवनमा दुःख–सुख त भइहाल्छ नि ?,’ नीलो सलको फेरो थुतेर चस्मा नखोली एक झमेट आँसु दबाउँदै भनिन्, ‘मेरो जीवन कसैका लागि पाठ बन्न सक्छ भने मैले बोल्ने साहस गर्नैपर्छ ।’

नाटकको सुरुमै ए भुन्टेकी आमा १ भात पाक्यो रु भन्ने वाक्य थियो । यसको जवाफ मैले फर्काएकी थिएँ, छैन भुन्टेका बा भनेर । मेरो यही बोली सुनेपछि बा–आमाको रिस उर्लियो । मेरो बिहे भइसकेको ठोकुवा गरेर घरबाटै निकालिदिए ।
उसो भए तपाईंको घर रु मेरो जिज्ञासामा छोटो जवाफ दिइन्, ‘छैन ।’ अनि घरबार रु फेरि दोहोर्याइन्, उही जवाफ । ‘जेटिएसँग बूढीआमै सुनेका लाखौँ श्रोताले लक्ष्मी भुसाललाई चिन्छन्, कलामा लठ्ठ पर्छन् । तर, साँच्चैको जीवन पढ्दा त फ्यान पक्कै दुःखी हुने भए,’ मैले उनलाई भनेँ । ‘के गरूँ त रु लेखेको यही रहेछ,’ फेरि पीडा पोखिन् । अब मैले आजको जीवनबाट उनलाई विगततिर मोड्न चाहेँ ।

रेडियोमा नाटक खेल्न कहिलेदेखि थाल्नुभयो रु सुनाइन् घटना– ‘डिल्लीबजारमा घर थियो । सिंहदरबारका चउर मेरो खेलमैदान भन्दा हुन्थ्यो । साथीहरूसँग पुग्थे त्यहाँ । एक दिन ‘नानी तिमी जागिर खान्छ्यौ ?’ भनेर एउटा मान्छेले सोधे । ‘कस्तो भोक लागेको छ खान्छु नि’ भनिदिएँ । ती मान्छेले ‘अंग्रेजी कत्तिको जानेकी छ्यौ’ भन्दा मैले ‘खरर्र आउँछ’ पनि भनिदिएँ । खासमा भने मलाई एबिसिडी पनि आउँदैनथ्यो । तर, उनले लेख त भन्दै एउटा पाना टक्र्याए ।’

आफैँ फस्ने कुरा किन गर्नुभयो त रु मेरो प्रश्नमा हाँस्दै बोलिन्, ‘उही त हो नि केटाकेटी पारा !’ त्यसपछि त मुखमा आएको जागिर गुम्यो होला होइन ? मेरो जिज्ञासा मेटाउन थालिन्, ‘म पनि कहाँ लाटी थिएँ र रु पहिल्यै चिनजान भएका सिंहदरबारभित्रैकै ‘सूर्यबहादुर दाइ’ भन्नेकहा“ गएर एबिसिडी उतार्न लगाएँ । अनि लगेर ती मान्छेलाई दिएँ । उनले म कलाकार बन्न योग्य छु कि छैन भनेर जाँचेका रहेछन् ।’

अनि पास हुनु भयो त रु ‘अँ, भोलिपल्टैदेखि रेडियो नाटकका लागि बोलाउनुभयो । भोलिको राम्रो कलाकार हुने व्यक्ति भनेर प्रशंसा गर्नुभयो,’ सुनाइन्, ‘नाटकमा बोल्ने मौका ख्यालख्यालमै पाउँदा १६–१७ वर्षकी थिएँ । ०२२–२३ सालतिरको कुरा हो ।’
०००
त्यो वेलादेखि नाटकमा अभिनय थालेकी भुसाल अहिले पनि निरन्तर उही पात्रको भूमिकामा सक्रिय छिन् । त्यतिवेला हप्तामा चारवटा रेडियो कार्यक्रम गर्ने उनी अहिले शुक्रबार प्रसारण हुने ‘जेटिएसँग बूढीआमै’मा मात्रै अभिनय गर्छिन् । कुनै औपचारिक प्रशिक्षणविनै खेल्दाखेल्दै कलाकार बनेकी उनको स्वभाव बाल्यकालदेखि नै पक्कै फरक हुनुपर्छ । मैले अनुमान लगाएँ, अनि बाल्यकालतिर फर्काउन चाहेँ।

बाल्यकालमा कस्तो स्वभाव थियो नि रु जिज्ञासा पोखेँ । ‘खानदानी परिवारमा हुर्किएकी, चञ्चले थिएँ । तर, दुःखीलाई हेपेको सहन नसक्ने कडा मिजासकी थिएँ । गाउँघरमा कसैले उद्दण्ड मच्चाएको देखेपछि म हँसिया बोकेर जाँदा सबै कुना पस्ने गरेको घटना अहिल्यैजस्तो लाग्छ,’ उनले अगाडि सुनाइन्, ‘गाउँका अल्छी बुहारीहरू ठेगान लगाउने काम पनि गरेँ । जो ढिलो उठ्थे, तिनका घरमा बिहानै गएर आफैँ दैलो पोतिदिन्थेँ । त्यसपछि ४–५ बजे नै उठ्थे । तर, यो कुरो त्यतिखेर गोप्य राख्थेँ ।’

बा–आमाले नै बिग्रिई भनेर घोषणा गरेकी छोरीले कसरी बिहे गर्नु रु आफ्नैले नराम्रो सोचेको मान्छेलाई अरूले राम्रो सोच्थे र रु यस्तै कारणले कहिल्यै बिहे गर्ने सोच आएन ।
कडा स्वभावकी छोरी, सानैमा नाटकमा जमेकी । यस्ती छोरी पाउँदा बा–आमा कति खुसी भए होलान् रु भुसालले बाल्यकाल बताउँदै गर्दा मेरो मनमा प्रश्न कुदिसकेको थियो । सोधेँ, घरमा त उमंग ल्याउनुभयो होला है ?

प्रश्नसँगै भुसाल थकित भइन् । अड्किइन् केहीबेर । आँखा रसाए, चस्मा खोलेर पुछिन् औँलाले । मलाई शंका लाग्यो, यहिँनेर छ उनको जीवनको खास रहस्य । केहीबेरमै उनी सम्हालिइन् र सुनाउन थालिन्, ‘नाटकमा बोल्न थालेपछि म उत्ताउली गनिएँ, बा–आमाकै नजरमा । गतिछाडाको आरोपमा आफ्नै जन्मदाताबाट गलहत्याइएँ । घर छाडेर डेरामा पुगेँ ।’

भुसालका कुराले अब म असहज भएँ । तर, दबाएँ आफ्नो मन र थप उनैलाई बोल्न दिएँ । स्पष्ट पार्दै गइन्, ‘सिंहदरबारमा बोलेको कुरा घरको रेडियोमा आउँछ भन्ने थाहै थिएन । एकदिन हाकिमले ‘आफ्नै नाटक सुनेकी छ्यौ त !,’ भन्नुभयो । मैले थाहा छैन भनेँ । भोलिपल्ट घरको रेडियो लगेर उहाँलाई दिएँ । उहाँले रेडियोमा मेरो आवाज आउने बनाइदिनुभयो । म त गद्गद् भएँ, घरमा बा–आमालाई सुनाउन पाउने भएँ भनेर । अर्को दिन बा–आमालाई सुनाएँ । तर, परिणाम उल्टो भयो । घरमा खुसी होइन, आतंक फैलियो ।’

नाटक सुनाउँदा आतंक किन रु मलाई अचम्म लाग्यो । थप स्पष्ट पार्न अनुरोध गरेँ । उनी अगाडि बढिन्, ‘नाटकको सुरुमै ए भुन्टेकी आमा ! भात पाक्यो रु भन्ने वाक्य थियो । यसको जवाफ मैले फर्काएकी थिएँ, ‘छैन भुन्टेका बा’ भनेर । मेरो यही बोली सुनेपछि बा–आमाको रिस उर्लियो । रेडियोमा बोलेकै आधारमा घरका अभिभावकले मेरो बिहे भइसकेको ठोकुवा गरे । मैले नाटकमा बोलेकी मात्रै हो भन्दा पनि पत्याउने कोही भएन । ‘रेडियोले कहा“ झुटो बोल्छ रु’ भन्दै हकारे । अन्ततः घरबाटै निकालिदिनुभयो ।’

एउटी छोरीमाथि घरबाटै लागेको त्यत्रो आरोप र अत्याचार थेगेर कसरी यहाँसम्म आइपुग्नुभयो रु मैले यो प्रश्न छुटाउन चाहिनँ । उनले संघर्षका कथा सुनाउँदै गइन्, ‘घरबाट निकालिएपछि नजिकै फुपूको सहारामा पुगेँ, तर त्यहाँ पनि दाइहरूले बस्न दिएनन् । तत्काल कमलादीमा तीन रुपैयाँ भाडामा कोठा लिएर बसेँ, मेरो कमाइ त्यतिवेला मासिक ५३ रुपैयाँ थियो । पैसाको अभाव थिएन, आफ्नाले इज्जतको अभाव थुपारिदिए ।’

तर, उनी बहकिइनन् । निश्चित यात्रामा लस्किरहिन् । पेसा त्यागिनन्, बरु स्थायी जग बसाल्न लागिन् । कृषि सूचना केन्द्रको उपसचिव पदसम्म पुगिन् । उनी ०६६ पछि अवकास लिएर बसेकी छिन् । तर, रेडियोमा नाटक खेल्दाखेल्दै कसरी कृषि सूचना केन्द्रको जागिरतिर पुगिन् त उनी रु मैले सफलताको पाटो कोट्याउँदै भुसालको अनुहार उजिल्याउन खोजेँ । ‘रेडियोका अग्रजहरूकै सहयोगमा १७ वर्षमै नागरिकता बनाएँ, तर ३ वर्ष उमेर बढाएर । लोकसेवा परीक्षाका लागि यसो गर्नुपरेको थियो । जेटिएमा नाम निकालेँ । ०२३ मा जेटिएबाट जागिर सुरु गरेर अन्ततः उपसचिवको पदसम्म पुगेँ ।’
०००
घरबाट निकालिँदा पीडा जरुर भयो । तर, भुसालले सारा पीडा छिचोलेर कलाकारिता र सरकारी जागिरमा सफलता चुमिन् । आफ्नै रहरमा जिउन सक्ने हैसियत बनाइन् । तर, घर बनाउन र घरजम जमाउन छेक्यो केले ? अविवाहित मात्रै होइन, अहिले पनि पीडाका पोका फुकाउने भुसाललाई यो प्रश्न नगर्दा उनका फ्यानमाथि अन्याय हुनेछ ।

किन गर्नुभएन बिहे रु मेरो छोटो प्रश्नमा उनले लामो कथा जोडिन्, ‘बाआमाले नै बिग्रिई भनेर घोषणा गरेकी छोरीले कसरी बिहे गर्नु रु आफ्नैले नराम्रो सोचेको मान्छेलाई अरूले राम्रो सोच्थे र रु यस्तै कारणले कहिल्यै बिहे गर्ने सोच आएन । कमलादी र ललितपुरतिर डेरा गरेर बस्दा र जागिरमै व्यस्त रहँदा जवानी रित्तिँदै गएको पत्तै भएन । बिहे नगरेकोमा पछुतो नै त छैन तर, जीवनमा बिहे गर्नुपर्ने रहेछ भन्नेचाहिँ महसुस हुन्छ ।’ पैसा त कमाउनुभयो होला नि रु मैले फरक पाटोतिर प्रश्न राखेँ । उनले फेरि कथा हालिन्, ‘पहिले–पहिले कमाएको पैसा गरिब केटाकेटीलाई खाने र लगाउने कुरा किनिदिएर खर्च गरेँ । पछि जोगाएको पैसाले चाबहिलमा दुईतले घर बनाएँ ।’
०००
दिदीको घरमै बसेर कुरा गर्ने मेरो धोको थियो, तर घर छैन भन्दै मन्दिरको पेटीमा अल्झाउनुभयो है रु मैले प्याच्च बोलेँ । निशाना उनको मुटुमै लागेछ । ‘अहिले त्यो घर मेरो अधिनमा छैन नानी १ नत्र किन रुँदै हिँड्नुपथ्र्यो,’ पीडा फुकाइन्, ‘घरभित्रै र आफन्तभित्रैबाट पटक–पटक धोका खाएकी मान्छे हुँ म । विश्वासघात पाएकी अकेली हुँ । अब, आफ्नो दुःखमा कसैलाई मुछ्न चाहन्नँ । आमाबालाई पनि सम्झनामा नल्याउनुस्, भैगो ?’

मैले दोस्रोपटक क्षमा मागेँ, ‘माफ गर्नुस् दिदी !’ परिवार र आफन्तसँगका सम्बन्ध टुंग्याएर मैले उनको बाँकी जीवनका अपेक्षा पल्टाउन चाहेँ । रेडियोमा अझै सक्रिय हुनुहुन्छ, श्रोतामाझ उत्तिकै लोकप्रिय हुनुहुन्छ, कामले त थाक्नुहुन्न है रु मेरो प्रश्नले एकाएक ऊर्जा ल्याएछ । भन्न थालिन्, ‘मैले ९ वर्षसम्म त भातै खाइनँ, एक्लै पकाएर खानै मन लागेन । चिउरामा लसुन र अदुवा मोलेर पेट भरेँ, तर पनि काममा कहिल्यै अल्छी गरिनँ । अहिले पनि रेडियो नेपालले करार पत्र थमाएर काममा सक्रिय रहने मौका दिएको छ । सकेसम्म श्रोताको कानमा गुन्जिएर आनन्द दिइरहनेछु ।’

काम एउटा पाटो हो तर, खुसी अर्को पाटो हो । कामले मात्रै जीवनमा खुसी दिन सक्दैन । यो कुरामा भुसाल स्पष्ट छिन् । त्यसो भए बाँकी जीवनमा खुसी पनि समेट्ने कसरी त रु उनले भनिन्, ‘घृणा सहेर बाँच्न गाह्रो हुने रहेछ । नभएको सन्तान खोजेर कहाँ पाऊँ रु बाँकी यात्रा निश्चित छैन । तर, अभिभावक खोजिरहेका कोही असल व्यक्ति भए जिम्मेवारी निभाउन पनि सक्छु ।’
०००
उमेरले ७० वर्षको आसपासमा हिँडिरहेकी भुसाललाई गिजोलेर आँसुमा छुट्टिन मेरो मनले दिएन । बसाइलाई रमाइलो गरी अन्त्य गर्न चाहेँ । बूढीआमैको कालो कपालमा अडिएका मेरा आँखाले मनलाई संकेत गरिहाले । हाँस्दै सोधेँ, ‘सेतो कपाल त भेट्नै मुस्किल रहेछ त दिदी !’ उनी हाँस्दै कपाल छामेर भनिन्, ‘कालो मेहदी लगाएकी क्या ? यति गर्दैमा त उत्ताउली भइन्न नि है रु’ उनको यो वाक्यले उठ्दा–उठ्दै मलाई पो निराश बनायो । नयाँपत्रिका

तपाईको प्रतिक्रिया