- टिकाराम श्रेष्ठ

पृथ्वीमा सृष्टिको सवैभन्दा बहूमूल्य उपहार मानव जीवनलाई मानिन्छ । मानिस सर्वश्रेष्ठ चेतनशिल सामाजीक प्राणी हो । मानिस कूनै पनि ठाउंमा त्यतिकै बस्न सक्दैन उसले कूनै न कूनै कूरा सोचेको हून्छ र त्यही सोचले गर्दा मानिस अहिलेको बैज्ञानिक यूगमा प्रबेश गरेको हो । यदि मानिसमा चेतना नभएको भए सायद यो बिकासको संभावना थिएन होला ।

मानिसको मृत्यू निश्चित छ तर कोही ढिलो र कोही छिटो । मानिसको सरदर आयू लगभग ६० देखि ७० बर्षसम्म मानिन्छ । बैज्ञानिक यूगले मानिसको आयू बढाउन नसकेता पनि चिकित्सा बिज्ञानले रोगको उपचारको औषधी पत्ता लगाएर केही समयको लागि भए पनि दीर्घजीवी बनाएको छ । लगभग ७ अर्ब जनसंख्या भएको बिश्वमा मानिसको मृत्यूको कारणहरु मध्ये आत्महत्यालाई लिन सकिन्छ । बिश्वमा बर्षेनी १० लाख मानिसले बिभिन्न कार०ाले आत्महत्या गर्ने गरेको पाईन्छ किनभने जिवनबाट मूक्ति पाउने प्रमूख सजिलो उपाय आत्महत्या भएकोले मानिसहरुले यसलाई रोज्ने गरेको अनूमान गर्न सकिन्छ ।
मानिसले यस धर्तीमा एक पटक जन्म लिन्छ र जन्म लिएपछि ति मानिसको दूःख शुरु हून्छ । ती दूःखहरुलाई सहन नसकेर वा ति दूःख कष्टहरुलाई आत्मसाथ गर्न नसकी मानिसहरु आत्महत्या गर्ने गर्दछ । विभिन्न संघ संस्थाले गरेको तथ्याड्ढ अनूसार नेपालमा आत्महत्या गर्नेहरुमा पूूरुषहरुको संख्या बढी रहेको छ भने पूरुषको तूलनामा महिलाको केही कम रहेको छ । त्यसै गरी राजनीतिक दलका नेता, पत्रकार, कलाकर्मी, सूरक्षाकर्मीले पनि आत्महत्या गर्ने गरेको देखिन्छ । यूबा यूवतीहरु प्रेमजालमा फसेर होस् वा कूनै पनि कूरामा असफलता भएर होस् आफ्नो मनलाई सम्हाल्न नसकेर आत्महत्या गर्ने गरेको पाईन्छ । हाल बिश्वमा युद्ध तथा हत्याबाट भन्दा पनि आत्महत्याबाट मर्नेको संख्या बढी रहेको छ ।
अंग्रेजी शव्द  Suicide, Latin efiffsf] Self Murder बाट आएको हो । जसको अर्थ हुन्छ आफैले आफूलाई मार्नू । आत्मा भन्नाले शरिरमा रहेमा त्यसलाई जीवित राख्ने र नरहेमा मूर्दा बनाउने भन्ने जनाउंछ भने हत्या भन्नाले मान्छेलाई मार्ने काम वा आफुले आफैलाई मार्नू भन्ने बूझाउंछ । तसर्थ आत्महत्या भन्नाले आफ्नो आत्मासहितको शरिरलाई आफैले मार्नू भन्ने बूझ्न सकिन्छ । यो चेतनशिल प्राणीको ठूलो भूल हो । मानिसले आफ्नो मनलाई शान्त राख्न नसकेर वा सहन शक्ति कम भएर यो भएको अनूमान गर्न सकिन्छ । संसार सबै प्राणी भन्दा चेतनशिल प्राणी मानव जाती हो ।

मानवले के कूरा ठीक के बेठिक सबै छूट्याउन सक्छ तर पनि आफ्नाे शरिरलाई आफै मार्न किन अग्रसर हून्छ । किनकी यो सब मनोबैज्ञानिक कारणबाट भएको अनूमान गर्न सकिन्छ । कम्प्यूटरमा कार्यसम्पादन input, processing /output प्रक्रियाबाट हून्छ त्यसै गरी मानव मष्तिस्कले पनि शरिरमा भएका विभिन्न ईन्द्रियहरुबाट प्राप्त खबरहरु शरिरमा छरिएर रहेको नसाहरुबाट लिन्छ र मष्तिस्कमा भएको आफ्नो बूझाई, ज्ञान, बिबेक आदि ग्रहण गरी व्यबहारमा कार्य सम्पादन गर्दछ ।
मादक पदार्थ सेवन, डर, त्रास, मानसिक स्वास्थ्य समस्या, बंशाणूगत गुण, असफल प्रेम, असफल बैबाहिक जीवन, शैक्षिक असफलता, बेरोजगारी र गरिवीले गर्दा मानिसले आफ्नो मनलाई सम्हाल्न नसकि आत्महत्या गर्ने गरेको पाईन्छ । मानिसले आत्महत्या गर्ने प्रमूख कारण गरिवी, असफलता र घरेलू हिंसा नै रहेको अनूमान गर्न सकिन्छ र अन्य कारणहरु जस्तै शैक्षिक असफलता, असफल प्रेम जस्ता कारणले आत्महत्या गर्ने गरेको पाईन्छ । त्यसै गरी सम्पन्न परिवारका व्यक्तिहरुले आत्महत्या गर्ने गरेको पाईन्छ ।
गरिवीले परिवारमा कलह बढाउने र त्यही कलहले गर्दा मन खल्बलाई दिने, जीवन प्रति निराशा जगाईदिने र अन्ततः आत्महत्या गर्ने गरेको घटनाहरु घटेको पाईन्छ । नेपालमा पनि यस्ता परिवार रहेका छन जसले दिन भरी बनी बूतो गरी कमाएको पैसाले दूई अँक टार्न पनि धौ धौ परिरहेको छ । आफ्ना छोराछोरीलाई राम्ररी पढाउन नसकी त्यसै भौतारि हिडीरहेका मान्छेहरु पनि धेरै छन् । त्यसैले यस्ता समस्याबाट छुटकारा पाउन आत्महत्या सजिलो उपाय भएको हूंदा सोही बाटो रोज्ने गरेको देखिन्छ । हूनत मानिसहरु जन्मदै गरिव भएर जन्मदैन उसलाई समाज र परिवारले गरिव बनाउँछ । हातमा सिप भएपनि गर्न चाहेको कूरा कहिले गर्न पाउदैन र आफ्नो मनलाई सम्हाल्न नसकी आत्महत्या गर्दछन् ।
आत्महत्याबाट धनी गरिव, यूवा, बृद्धा, शिक्षित, अशिक्षित, पूरुष, महिला, शहरिया, गाउले सवैलाई प्रभाव पारेको छ । त्यसै गरी सूूरक्षा निकायमा कार्यरत व्यक्तिहरुले पनि आत्महत्या गर्ने गरेको देखिन्छ । भोजपूर जिल्लामा पनि आत्महत्या गर्ने व्यक्तिको संख्या बढ्दो क्रममा रहेको छ । भोजपूर जिल्लामा आ.ब.०७२÷७३ मा बिभिन्न तरिकाले करिब १७ जनाले आत्महत्या गरेको थियो भने आ.ब.०७३÷७४ मा (हालसम्म) करिब ४० जनाले आत्महत्या गरेको देखिन्छ । यसरी बर्षेनी आत्महत्या गर्ने संख्या बढ्दै जानु दुःखद् कुरो हो तर यसलाई रोकथाम गर्ने तर्फ कूनै सरोकार निकाय लागि परेको देखिदैन ।
बिश्वको धनी वा गरिव जूनसूकै देशमा पनि आत्महत्या गर्ने मानिसको संख्या रहेको छ तर आत्महत्या गर्ने प्रकृति र कारण भने फरक फरक देखिन्छ । कसैले भूmण्डिएर, धारिलो हतियार प्रयोग गरेको, बिष पिएर, खोला नदिनाला आदिमा हाम फालेर आदि तरिकाले आत्महत्या गर्ने गरेको पाईन्छ । अमेरिका जस्तो सम्पन्न मूलूकमा पनि आत्महत्या गर्ने संख्या बढी रहेको छ ।

हाम्रो देश नेपालमा दाईजो, घरेलू हिंसा, असफलता, बेरोजगार, एक्लोपना तथा गरिवीको कारण आत्महत्या गरेको पाईन्छ । हाम्रो समाजमा रुढीबादी सामाज भएकोले समाजले भनेका कुरा हुनुपर्दछ भन्ने धारणाले गर्दा नेपाल महिलाहरुले बढी आत्महत्या गरेको देखिन्छ । आत्महत्या गर्ने केही कारणहरुर्लाइ निम्नानूसार उल्लेख गर्न सकिन्छः
(क) बेरोजगारी
(ख) कमजोर आर्थिक अवस्था
(ग) सामाजिक कारण
(३) पारिवारीक कलह
(ङ) राजनैतिक अस्थिरता
(च) असुरक्षा
(५) अन्यायमा पर्नु
(ज) मानसिक तथा शारिरिक रोग
(झ) मादक पदार्थ तथा लागू पदार्थ सेवन
(ञ) असफलता
(६) एक्लोपन
कूनै पनि व्यक्तिले कहिले, कसरी, कून ठाउंमा आत्महत्या गर्छ भने भन्न सकिदैन तर पनि आत्महत्या गर्नू अघि अल्छीपन देखाउन, खाने र सूत्ने बानीमा पहिला भन्दा केही परिवर्तन गर्ने, आफ्ना साथीभाई परिवारसंग संलग्न टाढा रहने, एकान्तमा बस्न मन पराउने, घरमा बस्न मन नगरी टाढा भएर हिड्ने, मादक पदार्थ तथा लागू पदार्थ सेवन गर्ने, काम प्रति रुची नराख्ने, सन्चो नभएको जस्तो गर्ने र झोक्रिएर बस्ने आदि लक्ष्यणहरु देखिन्छन् । यस्ता लक्ष्यणहरु देखिएमा ति व्यक्तिहरुलाई सम्झाउने, फकाउने उसले के चाहन्छ त्यस बिषयमा ध्यान दिने गर्नू अति आवश्यक हुन जान्छ । आत्महत्या पूर्ण रुपमा रोकथाम गर्न नसकिएता पनि यसलाई धेरै मात्रामा रोकथाम तथा न्यूनीकरण भने गर्न सकिन्छ । नेपालको परिपेक्ष्यमा निम्न लिखित उपायहरु अवलम्बन गरेमा आत्महत्या रोकथाम हून सक्ने देखिन्छ ।
(क) शान्ति सूरक्षा प्रदान
(ख) दिर्घ रोगी तथा मानसिक बिरामी भएका व्यक्तिलाई उचित स्वास्थ्य सेवा उपलव्ध गराउने ।
(ग) रोजगारीको अवसरमा बृढि गरी गरिवी उन्मूलनको कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्ने ।
(३) भ्रष्टाचार तथा अनैतिक कृयाकलाप, असामाजिक गतिबिधिलाई रोक्नू ।
(८) कूनै पनि संघ संगठनहरुले आत्महत्या बारे सत्य तथ्य डाटा संकलन गरी सो कारण पत्ता लगाई माथिल्लो स्तरबाट आत्महत्या रोक्ने          सम्बन्धी चेतना फैलाउने ।
(च) समाजमा देखिएका मानसिक रोगीहरुको पहिचान गम्भिरता पूर्वक लिई जनचेतना जगाउने ।
(५) बूढापाकाहरुलाई राम्रो व्यबहार गर्ने र उनीहरुका लागि कल्याणकारी कार्यक्रम तथा हेरचाह केन्द्र स्थापना गर्ने र त्यस्ता केन्द्र मार्फत सम्पूर्ण बूढापाकाहरुलाई सेवा प्रदान गर्ने ।
(ज) मादक पदार्थ र लागू पदार्थ दूव्र्यसनीहरुलाई सूधार केन्द्रमा राख्ने र काउन्सेलिङ्ग गर्ने व्यबस्था गर्ने ।
झ) एच.आई.भि एड्स पिडितलाई सकारात्मक दृष्टिकोणबाट हेर्ने र विना भेदभाव सेवा सूबिधाहरु उपलव्ध गराउने ।

तसर्थ, धनी, धनी, शूखी, खूसी, दूखी, रोजगार, बेरोजगार, यूवा, यूवती, बूढापाका सबै तह र तप्काका व्यक्तिहरुले आत्महत्या गर्ने गरेको देखिन्छ त्यसैले यसबाट बच्न सम्बन्धित सबै सरोकार निकायहरुले गाउं तथा शहर सबै तिर बसोबास गर्ने व्यक्तिहरुलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रम संचालन गरी चेतना फैलाउनुपर्ने आवश्यकता महशूस भएको छ ।

बोया ६, भोजपुर 

तपाईको प्रतिक्रिया