भोजपुरका ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने पक्का

काठमाडौं । नेपाली कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की तथा संसाद ज्ञानेन्द्रबहादुर कार्कीले शक्तिशाली मन्त्रालय पाउदै मन्त्री हुने पक्का भएको छ । भोजपुर जिल्लाको केन्द्रमा समेत राम्रो प्रभाव राख्दै आएका कार्कीले शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारको शक्तिशाली मन्त्रालय पाउदै मन्त्री हुने स्रोतले उल्लेख गरेको छ ।
यसपटकको सरकारमा कार्कीले अर्थ मन्त्रालय पाउने चर्चा बढेको छ । अर्थ मन्त्रालय नभए कुनै शक्तिशाली राम्रो मन्त्रालय पाउने सम्भावना रहेको छ । पार्टी सभापति तथा भावी प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाको विश्वासिलो पात्रको रुपमा रहेको कार्कीले यस अघि पनि मन्त्री हुने सुचीमा रहेको थियो । पार्टीको महामन्त्री हुने लाइनमा रहेका कार्कीले मन्त्री हुने इच्छा नजनाएका कारण मन्त्री भएनन् । अर्थ मन्त्रीमा महेश आचार्यको पनि चर्चा रहेको छ तर गुट फरक परेकाले आचार्य हुने नहुने कुरामा टुंगो नभएको कांग्रेस निकट स्रोतले बताउँछन । आचार्य भन्दा कार्कीको बलियो सम्भावना रहेको धेरैको अनुमान छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालले संसद अवरोध गरेन भने भोली आइतवार व्यवस्थापिका संसादले नयाँ प्रधानमन्त्री चुन्ने छ । नयाँ प्रधानमन्त्री चुनेसंगै मन्त्रीहरुसमेत चयन हुने छ । पहिलो चरणको मन्त्रीपरिषद विस्तारमा कार्की पर्ने सम्भावना रहेको छ ।
विकासप्रेमी नेताको रुपमा परिचित कार्की मन्त्री हुने भएपछि भोजपुरबासी खुसी भएको छ । जिल्लाको विकास चाहने नेता भित्र कार्की पर्छन ।