भदौ १९ देखि इटहरीमा अन्तर मा.वि सांसद कप हुने

सुनसरी । जिल्ला स्तरीय अन्तर मा.बि सांसद कप इटहरीमा हुने भएको छ । १० माध्यामिक विद्यालयको सहभागीता रहेको खेल भदौ १९ देखि हुने भएको हो ।
इटहरी फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा हुने प्रतियोगिताको बिजेताले नगद २० हजार मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपबिजेता टोलिले नगद १० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । त्यस्तै बिजेता र उपबिजेता हुने दुबै टोलिका सम्पुर्ण सदस्यले एक–एक थान ट्र्याक शुट समेत प्राप्त गर्ने इटहरी फुटबल ट्रेनिङ सेन्टरका कोच श्याम मानन्धरले बताए ।
उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फर्वाडले एक–एक थान फुटबल बुट तथा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद २ हजार फुटबल बुट तथा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । भदौ १९ देखि २४ गते सम्म चल्ने प्रतियोगितामा सुनसरीका १० माध्यमिक बिधालयको सहभागीता रहने छ ।
प्रतियोगिताको संयोजन सुनसरी जिल्ला खेलकुद बिकास समिती रहेको छ भने सहयोगीमा सुनसरी जिल्ला फुटबल संघ र राष्ट्रिय जागृती क्लब इटहरी रहेका छन । खेल इटहरी स्थित जनता मा.बिको खेल मैदानमा हुने आयोजकले जनाएको छ ।