सातौ अरुण भ्याल्ली रनिङ्गशिल्ड फुटवल प्रतियोगिता हुने

संखुवासभा । संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारी स्थित मानेभन्ज्याङमा २०५० सालदेखि नियमित रुपमा आयोजना हुँदै आएका सातौ अरुण भ्याल्ली रनिङ्गशिल्ड फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सामाजिक सद्भावका लागि युवा एकता, बिकृति र बिसंगतिका बिरुद्ध खेलकुदद्धारा सहकार्यको प्रतिवद्धता भन्ने उद्देश्य राखि एडभान्स क्लव मानेभन्ज्याङ तथा अरुण एडभान्स क्लव काठमाण्डौको आयोजनामा खाँदबारी ३ मानेभन्ज्याङमा असोज २६ गतेबाट ३० गते सम्म हुने भएको शुक्रबार संखुवासभाको खाँदबारीमा एक पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला फुटवल संघका अध्यक्ष भरत घिमिरेले उक्त जानकारी दिए ।
२०५० सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको फुटबल खेलको बिकास, आधुनिकिकरण र खेलाडिहरुको ब्यवसायिकरणमा जोड दिँदै प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष घिमिरेले बताए । उनले यो प्रतियोगितालाई संखुवासभा जिल्लाको खेल क्षेत्रको गौरवका रुपमा प्रस्तुत गर्दै १ नं प्रदेश स्तरिय प्रतियोगिताका रुपमा संचालन गर्न लागिएको जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक एड्भान्स क्लबका महासचिव मेदिनी घिमिरेले प्रदेश स्तरिय फुटबल प्रतियोगितामा जिल्ला र जिल्ला बाहिरका गरि १६ टिमको सहभागीता हुने बताए ।

१८ लाख ५० हजारको लागतमा संचालन हुन लागेको अरुण भ्याल्ली रनिङ्ग शिल्ड फुटवल प्रतियोगिताको प्रमथ पुरस्कार १ लाख २५ हजार, दितिय पुरस्कार ७५ हजार, तृतिय पुरस्कार ४० हजार र सान्त्वना पुरस्कार २० हजारका साथै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनहि ५ हजारका दरले पुरस्कार रासि प्रदान गरिने जनाईएको छ । यो प्रतियोगिता जिल्लाको सवैभन्दा ठुलो राशिको पुरस्कार रहेको प्रतियोगीता हो ।