सोलुखुम्बु । दुधकोशि गाउँपालिका वडा नं ७ सोलावनमा सोमवार आमसभालाई सम्वोधन गर्न पुगेको नेपाली कांग्रेशका नेता तथा प्रतिनिधि सभा उमेदवार बल बहादुर के सि दोश्रो पटक भागेकाछन् । चुनावी सभालाई सम्वोधन गर्नका लागि प्रदेशतर्फ क्षेत्र नं ख का उमेदवार आङ्गेलु शेर्पा संग हेलिकप्टर चढेर त्यहाँ पुगेका के.सि करिव पाँच मिनेट सम्वोधन गरेर हेलिकप्टर चढेरै सभास्थल छाडेर हिडेका हुन् ।
सभा स्थल नजिकै बाम गठबन्धनका करिव दुई सय कार्यकर्ताहरुले नारावाजि गर्दै चुनाव प्रचार प्रसार गरीरहेका देखेपछि के.सि ले सभास्थल छाडेर हिड्न बाध्या भएका सोलुबाट पत्रकार गेलु राई ले जानकारी गराए । केही दिन अघि सोलुको सोताङबाट समेत के.सीलाई बाम गठबन्धनका कार्यकर्ताहरुले सभास्थलबाटै लखेटेका थिए ।
स्थानिय कार्यकर्ताहरुविच भएको विवादलाई मध्यनजर गर्दै आक्रोस पौख्दै भाषण गरेका के.सि लाई एमाले र माओबादी केन्द्रका कार्यकर्ताहरुले भाषण गर्दा गर्दै लखेटेका थिए । के सीले उक्त झडभमा आफुले लगाएका कोट समेत फुकालेर भाग्नु परेको थियो । सोलुखुम्वुमा विवाधमा तानिरहने के.सि पहिलो संविधान सभामा निार्वचनमा समेत उन्को चुनावी सभामा झडव हुँदा वाइसिएलका कार्यकर्ता मारीएका थिए ।
पछिल्लो घटनालाई लिएर हार मानशिकताको पराकाष्ट के.सिले उत्तेजक भाषण गर्दै हिड्दा झडवको अवस्था आएको बाम गठबन्धनका प्रतिनिधि सभा उमेदवार सुरविर हेमकुमा राईले बताएकाछन् । यस्तै कांग्रेशले आङ्गेलु शेर्पालाई उमेदवार बनाएका ले शेर्पा जातिले शेर्पा जातिलाई नै भोट हाल्नु पर्ने भन्दै जाति नारालाई समेत उरालेको प्रदेश तर्फका बाम गठबन्धनका उमेदवार उत्तमकुमार बस्नेतले बताएका छन् ।

तपाईको प्रतिक्रिया