भोजपुरको बजार क्षेत्रको अव्यवस्थित सडक बारे स्ववियुको ध्यानाकर्षण


भोजपुर । बजार क्षेत्रको सार्वजनिक सडकमा राखिएको निर्माण सामग्री तथा अन्य अव्यवस्थित सामनहरुलाई व्यवस्थापन गर्न भोजपुर नगर प्रमुखलाई बुधबार स्ववियुले ध्यानाकर्षण गराएको छ ।
भोजपुरमा विकासको लहर देखिएसगैँ नयाँ नयाँ संरचना निर्माण भईरहेको छ । विशेषगरी भो.न.पा.-७ लोकतान्त्रिक गेट मुनिको क्षेत्रमा निर्माणाधीन घरको सामग्रीहरुले पैदलयात्री र सवारी साधन चालक असाध्यै अप्ठ्यारो पारिरहेको छ । उक्त सानो सडकमा मनोमानी तवरले बिच सडकमा निर्माण सामग्री राख्नेहरुलाई कारबाही दायरमा ल्याउनु माग गरेका छन् ।
बजार क्षेत्रको अव्यवस्थित सडकका कारण हिजो षडानन्द नगरपालिका–१० तिनतले वस्ने १८ वर्षिय ल्याङ्मु शेर्पालाई मोटर साइकलले ठक्कर दिएको थियो । घाइते शेर्पा सिद्धकाली भोजपुर हस्पिटलमा उपचाररत छन ।

भोजपुर बहुमुखी क्याम्पसका सभापति समेत रहेका प्रकाश सिंह राईको नेतृत्वमा रहेको टोलीले भोजपुर नगर प्रमुख कैलाश कुमार आलेको कार्यकक्षमा गएर ध्यानाकर्षण पत्र बुझाएका हुन् । भोजपुरको व्यस्त सडक भित्र पर्ने उक्त बाटोमा गिटि, बालुवा, ढुङ्गा तथा रडहरु अव्यवस्थित रुपले राखिदा भोजपुर अस्पातल आकस्मिक रुपमा जाने बिरामीको गाडी तथा अन्य सवारीसाधनलाई मार्का परिरहेको छ ।

उक्त बाटोबाट भोजपुरकै प्रतिष्ठित विद्योदय विद्यालय , यसोधरा विद्यालय, भोजपुर बहुमुखी क्याम्पस जाने विद्यार्थीहरु एकै साथ हिड्ने भएकोले व्यस्त रहने सडकमा यसरी अव्यवस्थित तवरमा निर्माण सामग्री राखिदा सर्वसाधारणलाई सास्ति परिरहेको स्ववियु सभापति राई बताउछन् ।