नगरपालिकामा विकासकाे पूर्वाधार निर्माण र जनताकाे अपेक्षा अनुसार अघि बढ्छुः मेयर राई

स्थानीय तहको निर्वाचनबाट निर्वाचित वीरबल राई षडानन्द नगरपालिका मेयर हुनुहुन्छ । नगरक्षेत्रका विकासका लागि लागि परेका राईलाई यति वेला प्रत्येक वडामा खानेपानी, सडक, बत्ती लगायतको समस्या यथावत नै रहेको छ । सोही विषयमा रहेर षडानन्दा नगरपालिकाका मेयर वीरबल राईसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
यहाँलाई खबरट्वीटमा स्वागत छ ।
धन्यवाद ।
तपाईले यो ५ वर्षभित्रमा विकाश निमार्णका कुन–कुन क्षेत्रलाई गुरुयोजनाको रुपमा अगाडि बनाउनु भएको छ ?
यस षडानन्द नगरपलिकालाई हामीले शिक्षा, स्वास्थ्य, कृषि, षडक, खानेपानी, यातायात र पर्यटन आदिलाई पकेट क्षेत्र निधारण गरेका छौ । यातायत कुन–कुन सडकले नगरलाई र वडामा जोड्ने, त्यस्तै खानेपानीको समेतको समृद्ध नगरबनाउनका लागि वृहत गुरुयोजना साथै राष्ट्रिय गौरव खानेपानी ल्याउने योेजना बनाएका छौ । विद्युतको विषयमा पनि नगरको सबै वडाहरुको प्रत्येक वडाहरुको घर घरमा विद्युत पु¥याउने लक्ष र विद्युतलाई हामीले प्रथामिकताको आधरमा राखेका छौ त्यस्तै गरेर हामीले नगरको प्रत्येक वडालाई केन्द्रित वस्ती बसाउने योजना राखेका छौ ।

यो केन्द्रित वस्ती किन भने बिकेन्द्रित अवधारणले गर्दा नगरमा रहेको चौधवटा वडाहरुमा शिक्षा, स्वास्थ्य, खानेपानी सडक लगायत सबैलाई नगरले मात्र हेर्न नसक्ने भएको हुनाले गर्दा पनि हामीले वडा कार्यालयमा रहेको आसपासमा सबै पुर्वधार निमार्ण गरेर शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लागायतलाई मिलाएर वस्ती बसाल्ने योजना गरेका छौ ।

यस नगरको केन्द्र भनेको दिंला रहेको छ विशेष गरि नगरको कुन क्षेत्रलाई बस्ति बसाल्दा उपयुतm हुन्छ भनेर हामीले निरर्धारण गरेका छौ यस नगरपालिकाको केउरेनीपानीलाई बस्ती विकासका लागि उपयुक्त ठाउँको रुपमा लिएका छौ र केउरेनीपानीमा वस्ती बिकाश गर्ने योजन छ मुलपानी र तुगेंछा कृषि योग्य जमिन भएकोे हुनाले यस ठाउँहरुमा कृषि प्रणाली नै अपनाउने योजना गरेका छौ ।
आम जनताको चासोको विषयमा रहेको लम्सुवाघाटको पूल र सडकहरुलाई नगरपालिकाले कुन रुपमा हेरेको छ ?
यस नगरले लम्सुवाघाटको पुललाई पहिलो प्रथामिकताम राखेको छ र अर्थमन्त्रिसँग पनि कुराकानी भैसकेको छ अब यो लम्सुवा घाटको पुल निमार्णमा लागि चाडै पुरक बजेट आउँछ ठेकेदारको ढिला सुस्ति भएको जनागुनासो आएको छ यो ढिला सुस्ति यो पुरक बजेटले अन्त्य गर्ने छ करिब एक बर्ष भित्रमा लम्सुवाघाटको पुल निमार्ण भैसक्ने सम्भावन छ र नगरको विकाशले फड्को मार्ने छ ।

सडकको विषयमा लम्सुवाघाट, दिंला भैदारभञ्याङ्गं, तिनतले हुदै सदरमुकाम जोडनेबाटोलाई हाईवेको रुपमा कालोपत्रे गर्ने लक्ष्य छ त्यस्तै लम्सुवा, नेपालेडाडा, कुदाकाउले मैयुङ्ग हुदै खोटाङ्ग जोड्ने सडतलाई पनि कालोपत्रे गर्ने लक्ष्य छ । लम्सुवा, तुर्के झ्यापोखरी,साङ्गपाङ हुदै सदरमुकाम जोड्ने सडकलाई पनि हाईवेमा राख्ने लक्ष्य छ र अर्को तुर्के, बोया बिहिबारे, हुदै भिरथाप्ला जोड्ने सडक सहित यो चारवटा बाटोलाई केन्द्रिय सडकमा हाल्ने योजना छ ।
तपाईहरुले ट्रयाक खोलीसकेकोबाटोलाई प्रथामिकतमा राखनुभएको छ की ट्रयाक खोलन बाँकी रहेकोलाई प्रथामिकतमा राखनुभएको छ ?
हामीले खोलि सकेको ट्रयाकलाई भन्दा पनि खोल्न बाँकी रहेको सडकलाई नै पहिलो प्रथामिकतमा राखेका छौ जुन गाउँ ठाउँमा ट्रयाक खोलिएकोे छैन त्यसलाई ट्रयाक खोल्ने र सडक विस्तार भइसकेको ठाउँमा पनि मर्मत सम्भार गरे ट्रयाक्टरसम्म सञ्चालनमा ल्याउने लक्ष्य छ ।
शिक्षा क्षेत्रमा धेरै समस्या छ , विद्यालय मावि निमावि सञ्चालनका लागि स्वीकृत दिएता पनि विद्यालयहरुम पुरा दरबन्दी छैन, नभएका कारणले पनि निजि स्रोतबाट राख्नुपर्ने बाध्य छ, यस्तो अवस्थामा नगरपालिकाले के गर्न सक्छ ?
यस्तो अवस्थामा नगरपालिकाले सहयोग गर्नुपर्छ र हामीले ठुलो रकम वडामा विनियोजन गरेका छौ । सम्पुर्ण वडाहरुमा निजी स्रोतबाट विद्यालयहरु सञ्चालनमा छ सो बडाको बजेटले विद्यायलहरु निरन्तरता हुन सकोस भनेर हामीले सम्पूर्ण वडाहरुलाई समान्नतर बजेट विनियोजन गरेका छौ । हाम्रा वडाका वडाअध्यक्षहरुले सबै कुराहरु बुझ्नु भाएको छ ।

त्यसैले पनि कतिपय बजेटहरु मिसियुज हुने अवस्था पनि छ , तर पनि म सम्पुर्ण वडा अध्यक्षहरुलाई परिषद भन्दा अगाडी बुजाउछु र सोहि अनुरुप बजेटहरु खर्च गर्नहुन्छ ।
विधानत यो शिक्षामा वजेट विनियोजन गर्दा वडाले गर्नपाईदैन भन्ने कुरा छ नगरले गर्नु पर्ने कुरा छ खास के हो ?
नगरको बजेट र वडाको बजेट एउटै हो, वडामा दिईएको बजेट दिन पाउने नपाउने भन्ने त नीति छैन । हामीले जहिले पनि नीति र व्यवहार मिलाएर अगाडी बढ्नुपर्छ नीति र ब्यवहार मिलाइएन भने कहिले कहीँ व्यवहारलाई तगारो पनि हाल्नसक्छ हामीले यसलाई मिलाएर अगाडि बढाउनुपर्छ । शिक्षा क्षेत्रको समस्या वडाबाटै समधानहोस् भनेर हामीले ठुलोरुपमा बजेट वडालाई दिएका छौ ।
धेरै विद्यायलहरुमा निजी स्रोतबाट शिक्षकहरु राखिएको छ कम स्रोतमा दरबन्दी पुरा छैन र शिशु कक्षाको पनि उस्तै छ हालत !यस्तो अवस्थामा नगरपालिकाले के गर्न सक्छ ?
निजी स्रोत र शिशु कक्षामा पढाउने शिक्षकहरुले कम स्रोतमा पढाएको जानकारी पायौ भने हामीले यस्तो अवस्थामा विद्यायलाई केहि सहयोग गर्नुपर्छ भनेर नै हाम्रो परिषद रोकिएको हो र परादर्शी शिक्षा मुखि हुनुपर्छ त्यसैले पनि हाम्रा वजेट विनियोजनको सन्र्दभमा व्यापक छलफल गरेका छौ गर्नुपर्ने कारण पनि यहि नै हो र सो कारणले पनि परिषद रोकिएको हो । परिषदमा आउनुपर्ने बजेट नआएको र नगरको समस्या एकातिर माग अर्कोतिर माग आएको छ ।

अब शिक्षालाई नगरले प्रथामिकताको अधारमा राख्ने छ ईसिडीको समस्यालाई पनि शिक्षा मन्त्रालय, शिक्षा कार्यालय र नगरेको समन्वयमा कार्यक्रमहरु अगाडी बढछ यसको समाधान चाडै हुन्छ । दरबन्दी कमभएको ठाउँहरुमा त्यहाँमा शिक्षकरुको नाम टिपोट गर्ने कति दरबन्दी र निजीस्रोतमा कति छ भन्ने टिपोट आईसकेपछि अन्त्यमा बजेट विनियोजन हामी आवश्यकता अनुसार गर्नेछौ ।
स्वथ्याचौकीहरुमा पुरा कर्मचारी छैन भए पनि काजमा जाने समस्याले गर्द गाउँका जनताहरु जतिपाउनु पर्ने सुविधा हो त्यति पाएको अवस्था छैन यस्तो अवस्थामा तपाइको योजना के छ ?
स्वाथ्यको विषयमा पनि धेरै ठुलो छलफल भएको छ, वडाहरुमा रहेको स्वाथ्याचौकीहरुमा कर्मचारी र औषधीको अभाव छ त्यसकारणले पनि जनताले जति पाउनुपर्ने सुविधाहरु पाएको छैन त्यसैले पनि हामीले कर्मचारी छ तर उ काजमा बसेकोले गर्द त्यहाँका जनताहरुले सेवा सुविधा पाएको छैन अब त्यस्ता काजमा बसेका कर्मचारीहरुलाई जहाँ–जहाँ बसेका छन् तिनीहरुलाई आफ्नै दरबन्दी भएको ठाउँमा फिर्ता गर्ने तयारीमा छौ फिर्ता भई सकेपछि कहाँ अपुग छ त्यहाँ अनुगमन गरी हामी दरबन्दी थप्नेकुरामा अगाडी बढने र जनताले चाहेअनुरुपको सुविधा दिने छौ ।
षडानन्दा नगरपालिकाले कृषि क्षेत्रलाई कुन आधारमा राखेको छ ?
हामीले यस कृषि क्षेत्रलाई विभाजन गरिसकेका छौ हावापानी अनुसार माथिलो भेग मैयुङ्ग डाँडाको एरियामा जडिबुटी संरक्षण, भेडापालन, चौरीपालन आदिको लागि नगपालिकाले कार्यक्रम दिने त्यहाँदेखि तल्लो भेगमा बोयादेखि कुदककाउले क्षेत्रमा जडिबुटी संरक्षण प्रणालीका गर्नका लागि कृषहरुलाई प्रोत्साहन तथा संरक्षण गर्नका लागि त्यस क्षेत्रमा रहेको सामुदायिक वनहरुसँग सहकार्य गरेरे हामी कार्य अगाडि बढाउने छौ ।

त्यो भन्दा तल्लो क्षेत्रमा अलैची, आलु लगाइने भएकोले त्यस भेगका लागि कार्यक्रम बनाएर हामीले छुट्टै योजना बनाएका छौ । अलैचीबाट तल्लो भेगमा सुन्तला, कागती, क्षेत्रका लागि पकेट क्षेत्र बनाएका छौ जस्तै बोयाको तल्लो बेल्ट साङ्गपङ्गं, सेमेङ्ग केउरेनीपानी, देउराली, कदाकाउले नेपालेडाँडा लगायतको भेगहरुमा सुन्तला, कागतीको लागि नगदेबालीको रुपमा कृषि अनुदान दिने र त्यहाँभन्दा तल्लो भेगमा भने धानबाली तरकारी खेतीको कार्यक्रम अगाडि बढाए हामीले योजनाहरु दिने त्यहाँभन्दा तल्लो क्षेत्रमा केउरेनीपानी, देउाराली, नेपालेडाँडाको तल्लो बेल्टमा भने वस्ती बसाल्ने कार्यक्रम छ । त्यो भन्दा तल्लो बेल्टहरुमा आपँ, कटार, लिची, आदिलाई पकेट क्षेत्र बनाएका छौ र त्यो भन्दा तल्लो बेल्टमा भने खोलाको किनारहरुमा माछापालनको लागि हामीले पकेट क्षेत्रमा घोषित गर्ने तयारिमा छौ । सो अनुरुपमा हामी अगाडी बढने छौँ ।
विद्युतको करा गर्नु पर्दा नगरपालिका भित्र सबै ठाउँमा विद्युत सञ्चालन भएको छैन पोलहरु गाडिएका छन् तर विद्युत विस्तार भएको छैन कहिलेसम्म सबै वडाहरुमा विद्युत विस्तार हुन्छ ?
हामीले विद्युत सम्बन्धी पनि योजना बनाईसकेको छौ अबको ३ वर्ष भित्रमा यस नगरपालिकाको १४ वटा वडाहरुमा पु¥याउने लक्ष्य राखेका छौ । तिन वर्ष भित्रमा हामी पुरैरुपमा नगरपालिका भित्रका १४ वडाहरुमा विद्युत विस्तार गरिसक्ने छौ ।
तपाईहरुले पक्कै पनि बजारभाउको मूल्य निर्धारण गर्नुभएकोे होला यो मूल्य निर्धाण गर्दा व्यवसायिहरु राखेर गर्नुभएको छ की तपाईहरु कार्यपालिकाको समितिले मात्रै मुल्य निर्धारण गर्नुभएको छ ?
हामीले व्यवसायीहरु नराखी मुल्य र्निधारण गरेका छौ । यो हाम्रो पहिलो चरण भएको कारणले पनि हामीले व्यवसायिहरु नराखेको हो । यो मुल्य निर्धारण गरिएको छ अब उद्योगी, व्यवसायिकहरुबाट कस्तो प्रक्रिया आउँछ सोहि अनुरुपमा हामी सुधार गर्न सक्छौ ।
बजेट विनियोेजन गर्दा नगपालिकाको सबै वडाहरुमा सम्मानरुपमा गर्नुभएको छ की ? कुन आधारमा गर्नुभएको छ ?
भोजपुर जिल्लाको सबैभन्दा ठुलो नगरपालिका हो बजेट पनि ठुलै अएको छ ३९ करोड र हामीले बजेट विनियोजन गर्दा वडाहरुमा कर्मचारीको तलब भत्ता बहेक बजेट सम्मानरुपमा विनियोजन गरेका छौ । हुन सक्छ कुनै वडाहरु साना ठुलो छ तर पनि त्यहाँका भौतिक निर्माण लगायत कुरामाा पछाडी परेको हुन्सक्छ त्यसैले पनि हामीले सबै वडाहरुलाई समान बजेट दिइएका छौ ।

यो पहिलो बजेट हो र वडामा भएका स–साना समस्याहरु समाधान गरुन् भोलीका दिनमा प्रदेश र केन्द्रबाट दिने बजेट भने सहिरुपमा पहिचान गरेर हामी बजेट विनियोजन गर्ने छौ त्यहि भएर पनि पहिलो फ्रेजको बजेट सबै वडाहरुमा सम्मानरुपमा दिएका हौ ।
यस नगरपालिका क्षेत्रका मठ,मन्दिर, गुठीको व्यवस्थापन समिति पनि चुस्त दुरुस्त सञ्चालन भएको पाइएको छैन यस्तो अवस्थामा कसरी गुठी व्यवस्थापनमा लाग्नु हुन्छ ?
पक्कै पनि यहाँका गुठी व्यवस्थापन अव्यवस्थित छ र गुठी व्यवस्थापनको कार्यकाल पनि सकिएको अवस्था अबका दिनमा गुठिको व्यवस्थादेखि लिएर समिति निर्माण पनि नगरले गर्छ हिसाब किताब साथै अबका दिनमा नगपालिकाले निगरानीमा राख्छ । यस नगर समृद बनाउने मुआधार यहाँका मठ मन्दिर भएका कारणले पनि यहाँका सितारमा मन्दिर जिर्ण अबस्थामा भएकोले यस मन्दिरलाई पुनः निर्माण गर्ने कार्यक्रमा राखेका छौ । दिंलका पहिलो दृष्टि यहाँक मन्दिर,गुठीर विद्यालय, छात्रबास लगायत निर्माण कार्यमा लाग्छौ ।
तपाई जनप्रतिनिधि भएर आइसके पछि जनतालाई काम गर्न कतिको सहज छ ?
यो सहज र असज भन्ने कुरा चाहि मेरो बझाई फरक साथिहरुको बुझाई फरक र सबैको बुझाई एकैखालको भएत सहज हुन्थो होला बझाई फरक फरक भएको कारणले पनि त्यति सहज चै छैन । तर पनि जेजे बझाई भए तापनि हामी जनताको काम गर्ने भए पछि हाम्रो बुझाई एक हुनु आश्यक छ, हामी एउटै बुझाईमा अगाडी बढ्नु पर्छ यो समाज निर्माण गर्नका लागि सहकार्र्य एकता नभै हुदैन सबै भन्दा ठुलो सहकार्य र एकता नै ।
अन्त्यमा यस नगरमा सुचनाबाट यहाँका जनताहरु बञ्चित भएका छन् सुचना सञ्चार क्षेका लागि नगरले के गर्ने योजना बनाएको छ ?
पक्कै पनि सुचना र सञ्चारबाट यहाँका जनताहरु बञ्चित हुनु परेको छ त्यसमा हामीले यस दिंलमा दिंला एफ.एम. सञ्चालन गर्ने योजना छ केन्द्रबाट पनि सर्कुलर आएको छ यस नगरलाई समृद बनाउनका लागि सञ्चारको पनि महत्व पुर्ण भुमिका भएको हुनाले हामी पहिलो प्रायोरिटी दिंलामा दिंला एफ. एम. सञ्चालन गर्ने योजनामा छौ ।

समाजमा लुकेर रहेका कुरा आवश्यकता पहिचान गरि समाज निमार्ण गर्नका लागि सञ्चारले ठुलो भूमीका खेल्छ सम्बृद्द नगर बनाउन यहाँहरु लागि परिरहनुहोस् सत्य तथ्य समाचार संप्रेशण गर्नुहोस् पत्रिका परिवर सञ्चान गर्ने शुभाकान सधै यहाँहरुलाई साथ र सहयोग गरि रहने छौ । नगरका सम्पूर्ण ठाउँमा टेलिफोन सञ्चालन हुन सकेको छैन त्यसको पहिचान गरि म त्यसमा पनि कार्य अगाडी बढ्छु ।