६८ औ प्रजातन्त्र दिवसमा प्रभातफेरी (फोटो फिचर)

भोजपुर । एक सय चार वर्षीय जहानिया राणाशासनविरुद्धको नेपाली जनताको आन्दोलनपछि विसं २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा बुधबार भोजपुरमा पनि प्रभातफेरीका साथ ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ ।
२००७ सालको प्रजातन्त्रका योद्धा सहिद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठको सम्झनामा देशैभर आजको दिवस मनाउने गरिन्छ । भोजपुरमा पनि जनयोद्धा नारादमुनि थुलुङ र रामप्रसाद राईको अमूल्य बलिदानको सम्झनामा शान्ति ¥यालीपछि उनको सालिकलाई भोजपुर टुँडिखेलस्थित सहिदपार्कमा माल्यार्पण गरिएको थियो । ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको प्रभातफेरी संगै दोश्रो निर्वाचन दिवस २०७४ का अवसरमा स्वच्छ, स्वतन्त्र निर्वाचन र समावेशिता विषयक अन्र्तक्रिया कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।
विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख, कर्मचारी सुरक्षा निकायका प्रमुख, राजनितीक दलका प्रतिनिधी, सरोकारवाला निकाय, क्याम्पसका प्राध्यापक, शिक्षक, बुद्धिजिवी, सञ्चारकर्मी, पत्रकार लगायतको सहभागितामा निकालिएको शान्तिपूर्ण भोजपुर डाँडागाउँबाट सुरु भई चारभञ्जाङ परिक्रमा गरि टुँडिखेलस्थित सहिदपार्कमा आई कोणसभामा परिणत भएको थियो ।