भ्रष्टचार नियन्त्रणमा एकजुट हुन जरुरी छः ढकाल

दिंला । भ्रष्टचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग धनकुटाको आयोजनमा भ्रष्टचार नियन्त्रणमा अख्तियार दरुपयोग अनुसन्धान आयोगको भूमिका विषयक एक दिवसीय स्थलगत समुदायिक शिक्षा कार्यक्रम षडानन्द नगरपालिका दिंलामा रहेको अरुण माध्यमिक विद्यायलयमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि षडानन्द नगपालिका दिंलाकी उपमेयार मेरीका राई रहनुभएको थियो । अन्य अतिथिहरुमा षडानन्द नगरपालिकाको शाखा अधिकृत बाबुनन्दन मेहता, नगरपालिकाको वडा अध्यक्षहरु बिभिन्न सरकारी तथा गैरसरकारीका संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको अपस्थितिमा अरुण माध्यमिक विद्यायल र षडानन्द माध्यमिक विद्यायलयका कक्षा ११ र १२ मा अध्ययन रत विद्यार्थीहरुको उपस्थितिमा भएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य अख्तियार दुरुपयोग अनुसन्धन आयोगका बाबुनन्दन मेहताले राख्नुको साथै कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा भ्रष्टचार सम्बन्धी आचर सहिंता, प्रभावकोबारेमा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको शुभकामन षडानन्द माध्यमिक विद्यालयका विद्यार्थी केशब भटराई र अरुण माध्यमिक विद्यालयको तर्फबाट धनाकुमारी तामाङले राखेकी थिइन् । अन्य अतिथिहरुले पनि कार्यक्रममा शुभकामना राखेका थिए ।
अरुण माध्यमिक विद्यायको प्रधानध्यपक सुरेन्द्रकुमार पण्डित त्यस्तै षडानन्द नगरपालिकाको उपमेयर साथै कार्यक्रमको प्रमुख अतिथि मेरीका राईले समाज भईरहेका भ्रष्टाचारमा हामी सचेत हुनु पर्ने साथै राजनैतिक पार्टि, कर्मचारीहरु साथै अन्य जोकोही पनि भ्रष्टचारको पछि नलागिकन विकाश निमार्णमा एकजुट भएर लाग्नु पर्ने जानकारी दिनुभएको थियो ।
कार्यक्रमको सहजिकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोग धनकुटाको पमुख पुरुषोतम ढकालले गर्नुभएको थियो । भ्रष्टचार अन्त्य गर्नका लागि हामी आफ्नो ठाउँबाट लाग्नु पर्ने साथै राजनैतिक दलका नेता, मर्कचारी, जनताहरु समेत यसमा सचेत हुनु आवश्क रहेको जानकारी प्रशिक्षणमा उल्लेख गर्नुभएको थियो । कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोग धनकुटाको प्रमुख पुरुषोतक ढकालको सभापतित्वमा सम्मपन्न भएको थियो ।