एसईई ट्यालेन्टसो २०७४ मा भोजपुरेको ह्याट्रिक (फोटो फिचर)

भोजपुर । प्रदेश नं १ स्तरिय एसइइ ट्यालेन्ट सो २०७४ को भोजपुरले ह्याट्रिक गरेको छ । अभिनय, गायन तथा नृत्यमा भोजपुरका विद्यार्थी प्रथम स्थान ओगट्न सफल भएका छन् ।

खाँदबारीमा भएको एसइइ ट्यालेन्ट सो २०७४ मा अभिनय तर्फा भोजपुर, टक्सारका प्रथम शिव श्रेष्ठ, वक्तृत्वकला भोजपुर गोगनेका प्रथम शुमि राई, नृत्य प्रथम डाईमण्ड डान्स क्रूका सदस्य भोजपुर, दलगाउँका मन्दिरा मगर र संखुवासभा गायन प्रथम सबिन सन्कर भएका छन् ।
सुरशला म्युजिक एण्ड डान्स एकाडेमी खाँदबारी संखुवासभा आयोजना गरिएको सो ट्यालेन्टमा निर्णयकमा सुसन घिमिरे, राजेन्द्र निरौला सरबहारा, अर्जुन न्यौपाने र सुरेन्द्र पुलामी रहेका थिए ।
अतिथि कलाकारहरु मेलिना राई उमंग लामाको समेत उपस्थिती रहेको थियो । १८ जना फाईनालिष्ट र ४ विधाको प्रतिश्पर्धामा आएका थिए ।

एसइइ परिक्षा दिएर बसेका विद्यार्थी वीच प्रतिष्पर्धा गरेका थिए । विजेताले नगद २५ हजार, ट्रफी प्रमाण–पत्र साथै अन्य अवसरहरु पाएक छन् ।