अञ्जु पन्तले आफ्नै गीतका संगीतकारलाई नचिने पछि

काठमाडौं, २४ जेठ ।अन्जु पन्त जति गायनमा चर्चित छिन त्यतिनै विभिन्न विवादमा पनि आई रहने गायिकाको रुपमा आउछिन् । तर अहिले भने उनको विवाद अलि फरक छ । ‘तिमीले पराई ठानेपछि पराई हुन के भयो र’ यो गीत उनको संगीत यात्राको टर्निङप्वाइन्टहो तर गायिका पन्तले काठमाडौंमा आयोजित आफ्नो एकसाँझ कार्यक्रममा गीतका संगीतकारलाई नचिने पछि यो विवाद शुरुभएको हो।

पन्त अहिलेकी व्यस्त गायिका हुन् । उनले त्यस गीतका संगीतकार सन्तोष श्रेष्ठलाई नचिन्नु स्वभाविक पनि हुन सक्छ । तर, गायिका पन्तले आफ्नो एकल साँझ कार्यक्रममा छानिएका गीतहरू गाएकी थिइन् । ती गीतहरू उनी आफैको रोजाइएका थिए ।

एकल साँझ गर्नु अगाडि ती गीतहरूमा पन्तले रिहर्सलस गरेकी थिइन् । गीतको रचनाकारका बारेमा पन्तलाई थाहा थियो । रचनाकारको नाम पनि लिइन् । तर, पन्तले संगीतकारको नाम अर्कै व्यक्तिको लिन पुगिन् । संयोग नै मान्नुपर्छ पन्तको एकल साँझ हेर्न संगीतकार श्रेष्ठ पनि दर्शक दीर्घाको कुर्सीमा बसेका थिए । रंग पत्रकार र दर्शकहरूले संगीतकारको गलत नाम उच्चारण गरेको भन्दै पन्तको आलोचना पनि गरेका थिए ।

यो प्रसंग यहाँ किन लिइएको हो भने गायिका पन्तले फेरि पनि यस्तै अभद्र र अप्रिय व्यवहार देखाएकी छिन् । उनको कार्यले धेरै पुराना र वरिष्ठ गायकरगायिकाको मन दुखाएको छ । पन्तले आफू वरिष्ठ गायिका भएकाले सम्मान गरेर बोल्नुपर्ने बताउन थालेकी छिन् । पन्तले आफूभन्दा पनि वरिष्ठ सर्जकहरूलाई त्यसरी धम्काएको कुरा बाहिर आएको छ ।

गायिका पन्तले आफूलाई सम्मान गरेर बोल्नुपर्ने भन्दै फोनमा होस् वा प्रत्यक्ष भेटेका बेला धम्काउने गरेकी छिन् । उनको यो धम्कीको सिकार रचनाकार सुरेश घिमिरे पनि भएका छन् । रचनाकार घिमिरे वरिष्ठ गायक एवम् संगीतकार गोपाल योञ्जनसँग काम गरेका सर्जक हुन् । घिमिरेका धेरै गीतहरू अहिले पनि स्रोतको मनमा छाप छाड्न सफल छन् ।

गायिका पन्तको व्यवहारबाट रचनाकार घिमिरे दिक्क भएका छन् । घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा बुधबार स्टाटस् लेखेर पन्तको शैलीको विरोध गरेका छन् । ‘अञ्जु पन्तलाई सबै आदरणीय अग्रज गीतकार गायक अनि संगीतकारले हजुर तपाई भन्नु प¥यो रे १ अञ्जुको माग । जस्तो सुने तेस्तै लेखे मैले’, रचनाकार घिमिरेले भनेका छन् ।

हुन त केही महिना अगाडि पनि गायिका पन्तले वरिष्ठ गायक नरेन्द्र प्यासीलाई पनि अभद्र व्यवहार गरेको गीत संगीतको क्षेत्रमा सुनिएको थियो । त्यस बेला धेरैले यो विषयलाई ध्यान दिएनन् । तर, गायक प्यासीले पन्तका बारेमा कसैलाई नभने पनि पन्तको अभद्र व्यवहार बाहिर आएरै छाड्यो ।

त्यति मात्रै होइन गायिका पनतले नेपाली सेनाका उच्च अधिकृत समेत रहेका वरिष्ठ एरेञ्जर अमूल ढली कार्कीलाई पनि अभद्र व्यवहार गरेको भनेर चर्चा चलेको छ । यसबारेमा एरेञ्जर अमूलले केही भनेका छैनन् । तर, गायिका पन्तले अमूलको पनि चित्त दुखाएकी छिन् ।

अमूललाई नजिकबाट चिनजानेका संगीतकार र गीतकारहरूले यसबारेमा बेलाबेला चर्चा गर्ने गरेका छन् । वरिष्ठ ऐरञ्जर अमूललाई कसैको बारेमा कुरा गर्ने फुर्सद पनि छैन । तर, अमूल जस्ता व्यक्तिलाई कसरी सम्बोधन र सम्मान गर्नुपर्छ भन्ने कुराको हेक्का गायिका पन्तले गर्नुपर्छ कि पर्दैन रु भनेर प्रश्नहरू उठ्न थालेका छन् ।

पन्तलाई गीत संगीतको क्षत्रेमा उनका पूर्वपति मनोजराजले ल्याएका हुन् । मनोजराज हुँदैन थिए भने सायद गीत संगीतको क्षेत्रमा पन्त आउन सक्ने थिइनन् होला । कुनै बेला गीत संगीतको क्षेत्रमा यसरी लागिन् कि, गायिका पन्तले आफ्नो घर परिवार छ भन्ने कुरै भुलिन् । समयमा घरमा नआउने, पतिसँग परामर्श नगर्ने जस्ता दुव्र्यवहारबाट आजित भएका मनोजराजले अन्तिममा पन्तसँग डिभोर्स गर्न पुगेका थिए ।

मनोजराजले अहिले गीतसंगीतको क्षेत्रमा झन् राम्रो गर्दै गएका छन् । उनलाई सबैले सम्मान गर्छन् । कोसँग कसरी सम्बन्ध राख्ने रु कसरी प्रस्तुत हुने भन्ने अनुशासन मनोजराजले सिकेका छन् । पन्तसँग छोरीको जन्म भइसकेपछि पनि मनोजराज सँगै बस्नै सकेनन् । मनोजराजले अहिले दोस्रो विवाह गरेर सानका साथ घरगृहस्थी गरेका छन् ।

तर, गायिका पन्त भने दिनप्रति दिन विवादमा आइरहेकी छिन् । केही वर्ष अगाडि हिन्दूधर्मको भजन गाउँदिन भनेर संगीतकार र रचनाकारको अपमान गरेर फिर्ता पठाइन् । उनले हिन्दूधर्मको भजन गाउँदिन भनेर दिएको अभिव्यक्तिको भिडियो सार्वजनिक भइसकेको छ । हिन्दूधर्म र भजन गाउँदिन भनेर क्रिश्चियनहरूको प्रवचन कार्यक्रममा गायिका पन्तले भनेकी थिइन् । त्यो भिडियो अहिले पनि दैनिक नेपालसँग सुरक्षित छ ।

गायिका पन्त पछिल्लो समय वरिष्ठ सर्जक र संगीतकर्मीको मानमर्दनमा लागेको आरोप धेरै संगीतकार र गीतकारहरूको छ । स्रोतका अनुसार पन्तलाई कुनै गीत गाउनका लागि प्रस्ताव गर्न जाँदा अनौठो व्यवहार खेप्नु परेको छ ।

पछिल्लो समय पन्त धेरै जसो क्रिश्चिनय धर्मको प्रचारमा हिँड्ने गर्छिन् । ती प्रवचनहरूमा पन्तले हिन्दूधर्मको विरोध गर्ने गर्छिन् । उनको यो व्यवहारबाट धेरै शुभेच्छुकहरूको चित्त दुखाएको छ ।

अब त झन् गायिका पन्तले वरिष्ठ रचनाकार र संगीतकारहरूलाई यसरी अपमान गर्न थालेपछि उनको चौतर्फी विरोध सुरु भएको छ । एकजना संगीतकारले भन्छन्, गायिका पन्तले के बुझ्नु पर्छ भने ‘फल लागेको रुख निहूरिन्छ’ भन्ने पुरानो उखानलाई भुल्नु हुँदैन ।