इन्धनको मूल्यसँगै हवाई भाडा पुनः बढ्यो
काठमाडौं,२० फागुन-नेपाल आयल निगमले हवाई इन्धनसहित पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडामा लाग्ने सरचार्ज समेत वृद्धि गरेका छन् ।
वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)का अनुसार स्वचालित प्रणाली अनुसार मूल्य बढाउने निर्णय भएको छ । हवाई व्यवसायीको निर्णयलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृति दिएको छ । संघका प्रवक्ता योगराज कंडेलका अनुसार बढेको भाडा शुक्रबारबाट ल...