आज अपराह्न संसद बैठक बस्दै, ८ अध्यादेश पेश हुने

आज अपराह्न संसद बैठक बस्दै, ८ अध्यादेश पेश हुने
काठमाडौं- प्रतिनिधिसभा विघटन गर्ने सरकारी निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पहिलोपल्ट आज अपराह्न संसद बैठक बस्दैछ । पुनस्स्थापित संसद बैठकको पहिलो दिन ८ वटा अध्यादेश पेश गर्ने कार्यसूची तय छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ पेश गर्नेछन् । त्यस्तै गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदे...

वार्ता सफल, प्रधानमन्त्री र विप्लवले एकै मञ्चबाट सम्बोधन गर्ने

वार्ता सफल, प्रधानमन्त्री र विप्लवले एकै मञ्चबाट सम्बोधन गर्ने
काठमाडौं- सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएको छ । दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको हो । सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्म...

सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकारात्मक

सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकारात्मक
सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको बताइएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले आजको वार्ता सम्पन्न भएको र वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराएका छन् । यसबारे विस्तृत विवरण आइसकेको छैन । वार्ताम...

प्रकाण्डको नेतृत्वमा विप्लव समुहले सरकारसँग वार्ता गर्ने

प्रकाण्डको नेतृत्वमा विप्लव समुहले सरकारसँग वार्ता गर्ने
सरकारसँग वार्ताको नेतृत्व नेत्रविक्रम चन्द विप्लव नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले गर्ने भएका छन्। सरकार वार्ताका लागि तयार भएको अवस्थामा प्रकाण्डको नेतृत्वमा विप्लव नेकपा वार्तामा बस्ने भएको हो। नेकपा विप्लव समूहको तर्फबाट प्रकाण्ड र उदय चलाउने दीपकको नेतृत्वमा वार्ता समिति आजै गठन हुने भएको छ। सरकारले वार्ताको वातावरण साँच्चिकै बनाएमा हाम्रोतर्फबाट प्रकाण्डले वार्ता टोलीको नेतृत...

न्यायाधीशकी श्रीमती ब्राउनसुगरसहित पक्राउ

न्यायाधीशकी श्रीमती ब्राउनसुगरसहित पक्राउ
दाङ- दाङमा एक न्यायाधीशकी श्रीमती ब्राउनसुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी श्रीमती तुलसा पोखरेल ब्राउनसुगरसहित पक्राउ परेकी हुन् । उनलाई जिप्रका दाङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका-५ स्थित उनकै घरबाट २ ग्राम २६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले पक्राउक...

शिक्षकहरूको जिल्लान्तर सरुवा फुकुवा, यस्ता छन् सर्त

शिक्षकहरूको जिल्लान्तर सरुवा फुकुवा, यस्ता छन् सर्त
काठमाडौं- एक जिल्लाबाट अर्को जिल्लामा शिक्षकहरू सरुवा हुन सक्ने भएका छन् ।२ महिनादेखि रोक्का गरिएको शिक्षकको जिल्लान्तर सरुवा निश्चित सर्त तथा मापदण्ड पूरा गरेर गर्न सकिने भएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले आज एक परिपत्र जारी गर्दै शिक्षक सरुवाको लागि ६ वटा सर्त तोकेको छ । शिक्षा विकास तथा समन्वय इकाइले जिल्लान्तर सरुवा हुने स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्क...

भोजपुरका पुजन राई साढे ३ महिनादेखि बेपत्ताः खोजीका लागि प्रहरीले चासो नदिएको बाबुआमाको गुनासो

भोजपुरका पुजन राई साढे ३ महिनादेखि बेपत्ताः खोजीका लागि प्रहरीले चासो नदिएको बाबुआमाको गुनासो
भोजपुर- कात्तिक २७ गतेदिखि सिन्धुपाल्चोकबाट हराएका भोजपुरका पुजन राईको खोजीका लागि उनका बाबु आमाले सहयोगको याचना गरेका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीय पुजन कात्तिक २७ गतेदेखि सम्पर्कमा नआएको उनको परिवारले जनाएको छ। पुजन १० महिनादेखि नेत्र सहायकको रूपमा कार्यरत थिए। कात्तिक २७ गते राति साढे ८ बजे आफ्नी दिदीको फोन उठाएका पुजनले त्यसपछि फोन नउठाएको उनका ...

सहायक प्रअ आफ्नै आँगनमा मृत फेला

सहायक प्रअ आफ्नै आँगनमा मृत फेला
दाङ- घोराही उपमहानगरपालिका–१०, सौंडिकुला निवासी श्रीधर घिमिरे आफ्नै आँगनमा मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ४३ वर्षीय घिमिरे लमडरुवाका माविका सहायक प्रधानाध्यापक हुन् । बच्चासहित श्रीमती माइतीको गएका कारण बिहीबार राति घिमिरे एक्लै रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार आफ्नै घरको दोस्रो तल्लाबाट लडेर घिमिरेको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ...

सर्वोच्चको फैसलालाई स्वागत गर्दै दिङ्लामा नेकपाको दीप प्रज्वलन

सर्वोच्चको फैसलालाई स्वागत गर्दै दिङ्लामा नेकपाको दीप प्रज्वलन
भोजपुर– प्रतिनिधी सभा विघटनको मुद्दालाई सर्वोच्च अदालतले गरेको बदर फैसलाको स्वागत गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) षडानन्द नगर समितिले दीप प्रज्वलन गरेको छ । गत पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कार्यान्वयन गरिएको प्रतिनिधी सभा विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतले मंगलबार गरेको बदर फैसलालाई स्वागत गर्दै नेकपाले दिङ्लामा दिप प्रज्वलन...

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ । २ महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो। मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ । संविधानको धारा ७६ को १ अनुसारको बहुमतको प्रधानमन्त्रीले धारा ७६ को ७ ...