नेपाली सेफ सन्तोष शाह बीबीसी मास्टरसेफ यूकेको ग्रान्ड फिनालेमा

नेपाली सेफ सन्तोष शाह बीबीसी मास्टरसेफ यूकेको ग्रान्ड फिनालेमा
विगत केही हप्तादेखि बीबीसी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ का प्रतियोगी नेपाली सेफ सन्तोष शाह प्रतियोगिताको शीर्ष तीनमा पर्न सफल भएका छन् । योसँगै उनी ग्रान्ड फिनालेमा प्रवेश गरेका छन् । शुक्रबार आयोजना हुने कार्यक्रमको ग्रान्ड फिनालेमा उनले दुईजना विरुद्ध आफ्नो उत्कृष्ट पाककला प्रस्तुत गर्नेछन् । बिहिबारको शोमा सन्तोषले ...

साउदीमा अब रोजेको काम

काठमाडौँ - साउदी अरबको रियादमा १० वर्षदेखि काम गर्दै आएका पर्साका उमेश पासवानले बुधबार सूचना पाए– साउदी सरकारले कफला प्रणाली हटाउँदै छ । यो उनले नसोचेको सूचना थियो । ‘अब आफ्नो क्षमताअनुसार स्वतन्त्र भएर काम गर्न पाइने भयो,’ उनले भने । माल अनलाइन बिजनेस दैनिकले २०२१ को मध्यबाट साउदी सरकारले रोजगारदाता र श्रमिकबीच हुने करार सम्बन्धलाई सुधार गरी केही साताभित्र कफला प्रणाली हटाउने घोषणाको तयारी गरिरह...

नेपाली चेली सेलिना राईलाई युकेमा ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर’ अवार्ड

नेपाली चेली सेलिना राईलाई युकेमा ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर’ अवार्ड
बेलायतको लिड्समा कार्यरत नेपाली इन्जिनियर सेलिना राईले ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’ जितेकी छन् । बेलायतसहित विश्वभरका इन्जिनियरहरु आबद्ध प्रोफेसनल संस्था ‘इन्स्टिच्युट अफ सिभिल इन्जिनियर’ (आइसीइ) ले सेलिना राईलाई यो अवार्ड प्रदान गरेको हो । अवार्डका लागि विभिन्न समूहबाट फाइनलमा छनोट भएका प्रतिस्पर्धी इन्जिनियरहरुमध्ये उत्कृष्ट ठहर हुँदै उनले अवार्ड जितिन् । प्रतिस्पर्धाको प्रारम्भिक चरणम...

डीभीको फाराम खुल्यो

डीभीको फाराम खुल्यो
काठमाण्डौ- सन् २०२२ को डाइभर्सिटी भिसा डीभीको फारम खुलेको छ । नेपाली समयअनुसार बुधबार राति पौने १० बजेदेखि फारम भर्न मिल्ने गरी खुलेको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसको समयसीमा २०७७ कार्तिक २५ ९नोभेम्बर १०० सम्म तोकिएको छ । डीभीको आवेदन खुलेपछि निःशुल्क आफैंले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिनेछ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट...

मलेसियामा नेपालीलाई बन्धक बनाएर १६ लाख असुली

मलेसियामा नेपालीलाई बन्धक बनाएर १६ लाख असुली
काठमाडौ- मलेसियामा नेपाली कामदारलाई बन्धक बनाएर करिब १६ लाख असुल गरेको आरोपमा डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले श्रेष्ठलाई महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो । श्रेष्ठले मलेसियामा श्रीमतीसहितको सहयोगमा दाङका मध्म रैदासलाई बन्धक बनाएर नेपालमा रहेकी श्रीमतीसँग १६ लाख रूपैयाँ असुल गरेको पाइएको ब्यूरोका प्रमुख सहकुल थापाले जानकारी दिए...

मलेसिया प्रवेशमा २०२० को अन्तिमसम्म रोक

मलेसिया प्रवेशमा २०२० को अन्तिमसम्म रोक
काठमाण्डौ – नेपालीको प्रमुख रोजगार गन्तव्य मुलुक मलेसियाले विदेशी पर्यटकसहित तत्काललाई श्रमिकको प्रवेशमा पनि रोक लगाएको छ । कोरोना महामारी फैलिएको देशबाट आउने पर्यटकको प्रवेशमा सन् २०२० को अन्तिमसम्म प्रतिबन्ध लम्ब्याएको द एशोसियटेड प्रेसले खबर लेखेको छ । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि लगाइएको आवागमन प्रतिबन्ध पनि लम्ब्याउँदै पर्यटकको प्रवेशमा पनि निषेध लगाएको हो । मलेसियाका प्रधानमन्त्र...

साउदीमा ‘केपी ओली देश छोड्’ भन्दै नाराबाजी

साउदीमा ‘केपी ओली देश छोड्’ भन्दै नाराबाजी
साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा आइतबार नेपाली श्रमिकले नेपाल सरकारको विरोधमा नाराबाजी गरेका छन् । उनीहरुले विदेशबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देश छोड्’ भन्दै गालीसमेत गर्दै प्रदर्शन गरेका हुन् । कम्पनीबाट काम गुमाएर नेपाल फर्किन विमान कुरिरहेका ती श्रमिक स्वदेश फर्किन नपाएपछि आफ्नै सरकारविरुद्ध आक्रोशित बनेका हुन् । उनीहरुले त्यहाँ नेपालका सडकमा हुने शैलीमै प...

मलेसियामा एक नेपाली युवालाई मृत्यदण्डको फैसला

मलेसियामा एक नेपाली युवालाई मृत्यदण्डको फैसला
काठमाडौं- मलेसियामा एक नेपाली युवालाई मृत्युदण्डको फैसला सुनाइएको छ । चार वर्षअघि एक लरी चालक नेपाली नागरिककै हत्या गरेको अभियोगमा ३६ वर्षीय नेपाली युवा सुरजदेव शाह तेलीलाई उच्च अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको हो । तस्वीर– Bernama क्वालालम्पुरस्थित नेपाली दूतावासका जेल अधिकृत द्वितीय सचिव प्रतिक कार्कीका अनुसार उनलाई मलेसियन पिनल कोडको दफा ३०२ अन्तर्गत गएको १७ अगष्टमा मृत्युदण्ड...

भोजपुरका शेर्पाको बेलायतमा कोरोनाबाट मृत्यु

भोजपुरका शेर्पाको बेलायतमा कोरोनाबाट मृत्यु
काडमाडौं- शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाभाइतरबाट निधन भएको छ । भोजपुरको षडानन्द नगरपालिका ९ तालखर्क स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। गत असार २९ गते कोरोना सङ्क्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको ...

भोजपुर सेवा समाज ईजरायलको अध्यक्षमा थापा

भोजपुर सेवा समाज ईजरायलको अध्यक्षमा थापा
भोजपुर- भोजपुर सेवा समाज ईजरायलको अध्यक्षमा अनु थापा चयन भएकी छन् । कोभिड-१९ महामारीको कारण भर्चुअल अधिवेशन मार्फत थापाको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा सुमिन पाख्रिन, मिना राई र सरस्वती राई चयन भएका छन् भने महासचिवमा झकिन्द्र खतिवडा, सचिवमा मचिन्द्र तामाङ चयन भएका छन् समितिको कोषाध्यक्षमा सुनिता गुरुङ र सह कोषाध्यक्ष विमल घले चयन भएका छन्। परदेशमा रहेर समा...