सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकारात्मक

सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकारात्मक
सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको बताइएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले आजको वार्ता सम्पन्न भएको र वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराएका छन् । यसबारे विस्तृत विवरण आइसकेको छैन । वार्ताम...

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ । २ महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो। मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ । संविधानको धारा ७६ को १ अनुसारको बहुमतको प्रधानमन्त्रीले धारा ७६ को ७ ...

सरकार–विप्लव समूह वार्तातर्फ अग्रसर

सरकार–विप्लव समूह वार्तातर्फ अग्रसर
काठमाडौँ - सरकारले दुई वर्षअघि गतिविधिमा प्रतिबन्ध लगाएपछि भूमिगत आन्दोलन गर्दै आएको नेत्रविक्रम चन्द समूह प्रतिबन्ध फुकुवा भए वार्तामा बस्न तयार भएको छ । प्रतिनिधिसभा विघटनपछि रक्षात्मक बनेको सरकारले विभिन्न शक्तिलाई आफ्नो पक्षमा पार्ने कोसिस गरिरहेका बेला महासचिव चन्दले शनिबार विज्ञप्ति जारी गरेर सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएका हुन् । फाईल तस्वीर यसअघि वार्ताका लागि चन्द समूहले तय...

प्रधानमन्त्री ओलीले सर्वोच्चमा लिखित जवाफ बुझाए

प्रधानमन्त्री ओलीले सर्वोच्चमा लिखित जवाफ बुझाए
काठमाडौं-अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफ पेस गरेका छन् ।  अवहेलना मुद्दाको लिखित जवाफ दिन उपस्थित भएका प्रधानमन्त्रीले सर्वोच्च अदालतको नवनिर्मित भवनको समेत निरीक्षण गरेर फर्केका छन् । गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्वप्रधानन्यायाधाीशहरू तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आद...

शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने थप ३ ले फिर्ता लिए

काठमाडौं- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्‍वासको प्रस्तावमा हस्ताक्षर गरेकामध्ये तीन सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । प्रदेश सांसद जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिएका हुन् । प्रदेश सभा सचिवालयमा सामूहिक निवेदन गर्दै उनीहरूले नेकपाको सरकारविरुद्ध नेकपाकै सांसदहरूले अविश्‍वास प्रस्ताव दर्ता गर्न उपयुक्त नठानेको भन्दै उक्त प्रस्ताव...

मुख्यमन्त्री शेरधन राईले माघ ११ गते झ्याँई पार्ने

मुख्यमन्त्री शेरधन राईले माघ ११ गते झ्याँई पार्ने
विराटनगर,२ माघ- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने भएका छन् । ५० वर्षीय राईले माघ ११ गते काठमाडौंमा विवाह गर्ने तय भएको छ । उनले कोसँग बिहे गर्दैछन् भन्ने विषय भने खुलाएका छैनन् । ‘विवाहको मिति लगभग तय भएको छ’ उनले भने ‘दुलहीको नाम अहिलेनै मिडियामा नखोलौं, पछि एकै पटक भन्दा सरप्राइज हुन्छ नि ।’ काठमाडौंमा विवाह पछि विराटनगरमा भोज आयोजना गर्ने उनले बताए । पारिवारिक स्रोतका अनुसार उनक...

अदालतको निर्णय स्विकारिन्छ : देउवा

अदालतको निर्णय स्विकारिन्छ :  देउवा
काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई स्वतन्त्र मान्ने नीति भएकाले संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले गरेको निर्णयलाई पार्टीले सहस्र स्वीकार गर्ने बताएका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित पलाँतीमा आयोजित फुटबल प्रतियोगिताको समापन समारोहलाई आज सम्बोधन गर्नेक्रममा सभापति देउवाले अदालत स्वतन्त्र निकाय भएकाले स्वतन्त्ररूपमा निर्णय गर्न ...

प्रदेश १ का मुख्यमन्त्री राईसहित ८ जना निलम्वित

विराटनगर- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्री शेरधन राईसहित आठ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ । प्रचण्ड–नेपाल पक्षले प्रदेशसभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी सोमबार उनीहरुलाई निलम्बन गरेको हो । मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्...

वासिङ्टनमा ट्रम्पको ‘कू’ को प्रयास

वासिङ्टनमा ट्रम्पको ‘कू’ को प्रयास
एजेन्सी-अमेरिकाको वासिङ्टन डिसीमा रहेको क्यापिटल बिल्डिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले कब्जा गर्ने प्रयास गरेका छन् । स्थिति हिंस्रक बनेपछि बुधबार बेलुका ६ बजेदेखि बिहीबार बिहानसम्म कर्फ्यू लागू गरिएको छ । क्यापिटल भवन, संयुक्त राज्यको संसद भवन हो । यस हिंस्रक प्रयासलाई राष्ट्रपति ट्रम्पले ‘कू’ को प्रयास गरेको डेमोक्रेटिकका साथै रिपलब्लिकन सांसदहरुले समेत आरोप लगाएका छन् । मिट रम...

शेरधन राईलाई प्रचण्ड-माधव समूहले संसदीय दलको नेताबाट  हटायो

काठमाडौं,१६ पुस- नेकपा प्रचण्ड-माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ ।मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड(माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको छ । प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्...