के तपाईंलाई महँगो मोबाइल हराउने डर छ ? यसरी गर्नुहोस् मोवाईल विमा

के तपाईंलाई महँगो मोबाइल हराउने डर छ ? यसरी गर्नुहोस् मोवाईल विमा
मोबाइल– आधुनिक प्रविधिको सर्वोत्कृष्ट देन । अहिले मानिसहरु केही छाक खाना नखाई पनि बाच्न सक्छ तर मोबाइल आधुनिक समाजमा मानव जीवनको अभिन्न अङ्ग बनिसकेको छ कि मोबाइलबिना उनीहरुको जीवन एकछिन पनि चल्न सक्दैन । सामान्य अर्थमा मोबाइलको काम कुराकानी गर्नु हो । तर आजभोलि मोबाइल कुराकानी गर्ने साधन मात्रै हैन, बहुउपयोगी सुविधाको वस्तु बनेको छ । फोटो खिच्ने, भिडियो खिच्ने, इन्टरनेट हेर्न, भिडियो हेर्ने, इन्ट...

भोजपुरका एक युवाले एफ.एम. ट्रान्समिटर बनाए हेर्नुहोस् (भिडियो) सहित

भोजपुरका एक युवाले एफ.एम. ट्रान्समिटर बनाए हेर्नुहोस् (भिडियो) सहित
भोजपुर- नेपालमै सर्वप्रथम रेडियो प्रसारण सुरुवात भएको पुर्बी पहाडी जिल्ला भोजपुरका एक युवाले एफ.एम. ट्रान्समिटर बनाएर परिक्षण प्रसारण गरेका छन् । भोजपुर हतुवागढी गाउँपालिका वार्ड न. ६ साबिक होम्ताङ ३ का सुबास राइले आफ्नै स्रोत र साधनबाट एफ.एम. बनाएका हुन् । सानैदेखी प्राबिधिक क्षेत्रमा रुचि राख्ने राइैले उक्त ट्रान्समिटर रेडियोको सर्किट बोर्ड र टेप रेकर्डरको कीटहरु प्रयोग गरेर साधारण टिभिको एन्टि...

नेपालले वैशाखमा भू-उपग्रह प्रक्षेपण गर्ने

नेपालले वैशाखमा भू-उपग्रह प्रक्षेपण गर्ने
ललितपुर- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आउँदो वैशाख ४ गते भू उपग्रह प्रक्षेपण गर्ने भएको छ। जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गरिन लागिएको हो। भू-उपग्रह निर्माणबाट विगतमा नेपालले लिने गरेका विभिन्न तथ्य तथा तथ्यांक सङ्कलनमा खर्च हुने रकम जोहो हुने भएको छ । नेपालले भावी दिनमा आफ्नै पहलमा सम्पूर्ण ...

फेसबुक भयो चौध वर्षे, पछ्याउने दुई अर्ब वढी

फेसबुक भयो चौध वर्षे, पछ्याउने दुई अर्ब वढी
आज फेसबुक स्थापना भएको चौध वर्ष पूरा भएको छ । आजैको दिन अर्थात फेब्रुअरी ४ सन् २००४ मा मार्क जुकरबर्गसहित उनको टिमले सामाजिक सञ्जाल फेसबुकको स्थापना गरेका थिए । उनका कक्षाका साथीहरु एडवार्डो साभरिन, डस्टिन मोसकविट्ज, क्रिस ह्यूजेस र एन्ड्रयु म्याककोलमसँग मिलेर फेसबुकको स्थापना गरेका थिए । साथीहरुसँगको सहकार्यमा खोलिएको फेसबुकका विश्वमा यति धेरै प्रयोगकर्ता होलान् भनेर जुकरबर्गले सोचेका पनि थ...

नेपालमा पहिलोपटक ‘सुरक्षित इन्टरनेट दिवस’ मनार्इने

नेपालमा पहिलोपटक ‘सुरक्षित इन्टरनेट दिवस’ मनार्इने
ललितपुर –विश्वमा प्रत्येक वर्ष फेब्रुअरीको पहिलो हप्ता मनाइँदै आएको ‘सुरक्षित इन्टरनेट दिवस’ यस वर्ष फेब्रुअरी ५ तारिख (माघ २२ गते) नेपालमा मनाइने भएको छ । पहिलोपटक चाइल्डसेफनेटको सक्रियतामा मनाइने यो दिवसमा चाइल्डसेफनेट र सहकर्मी संस्थाहरुले ललितपुर पुल्चोक स्थित लाबिम मलमा एक विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । चाइल्डसेफनेट बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधि सुरक्षित बनाउनका लागि क...

चीनियाँ कम्पनीले विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउँने

चीनियाँ कम्पनीले  विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउँने
 चिनीयाँ एक इन्टरनेट कम्पनीले विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउने तयारी स्वरुप उपग्रह लिएर आएको छ । यसको उद्‌घाटन भने आउँदो बर्ष हुने छ। लिंकश्योर नेटवर्क कम्पनीका अनुसार उपग्रह चीन को पश्चिमउत्तरमा रहेको गाँन्सु प्रान्तमा जियुकान सेटेलाइट लञ्च सेंटरमा आउँदो बर्ष उद्‌घाटन गरिने छ। २०२० सम्म अन्तरिक्षमा यस्ता १० उपग्रह र २०२६ सम्म २ सय ७२ उपग्रह हुनेछन्। पिपुल्स डेली मा प्रकाशित एक रिपोर्ट अनुसा...

अव उड्ने बाइक पनि, कति छ मूल्य ? र के-के छन विशेषता ?

अव उड्ने बाइक पनि, कति छ मूल्य ? र के-के छन विशेषता ?
काठमाडौँ, २६ कार्तिक - के तपाईलाई बाइकमा चढेर उड्ने रहर छ ? अब बाइकमा चढेर उडने दिन पनि आइसकेको छ । रसियन टेक कम्पनी ‘होभरसर्फ’ चढेर उड्ने बाइकको व्यावसायिक उत्पादन र अग्रिम बुकिङ थालेको छ । कम्पनीले उत्पादन गरेको ‘होबरबाइक एसथ्री २०१९’ को प्रिअर्डर सुरु गरेको हो । यो बाइकको अधिकतम् गति ९६ किलोमिटर प्रति घन्टा रहेको छ । जमिनको सतहबाट ५ मिटर उचाईसम्म यसले उडान भर्न सक्छ । दुबई प्रहरी बलले यो क्र...

फेसबुकमा गर्नुहुन्छ यस्ता पोष्ट ? सावधान हुनुस्, एकाउन्ट ब्लक हुनसक्छ

फेसबुकमा गर्नुहुन्छ यस्ता पोष्ट ? सावधान हुनुस्, एकाउन्ट ब्लक हुनसक्छ
काठमाडौँ - फेसबुकमा आएको नयाँ नियमले परिवर्तन ल्याइरहेको छ । फेसबुकले भनेको छ उसको प्लेटफर्ममा यस्ता कुनैपनि फोटो, भिडियो वा मेसेज सेयर हुँदैन जसले कसैको भावनामा चोट पुग्छ । वा कसैलाई मानसिक रुपमा नोक्सानी पुर्याउँछ । फेसबुक त्यस्ता पोष्टलाई डिलिट गरिदिन्छ जसमा कुनै अत्महत्या गरिरहेको वा कुनै नराम्ररी पिटेको दृश्य वा अन्य । यहाँसम्म की यस्तो फोटो वा भिडियो सेयर गर्नेको एकाउन्ट ब्लकसम्म गर्न सक्छ ।...

टेलिकमको इन्टरनेटको मूल्य घट्यो, आजदेखि लागू हुने

टेलिकमको इन्टरनेटको मूल्य घट्यो, आजदेखि लागू हुने
काठमाडौं, १ असोज - नेपाल टेलिकमले इन्टरनेटको मूल्य घटनाएको छ । टेलिकमले असोज १ गतेदेखि लागू हुने गरी इन्टरनेटको मूल्य घटाएको हो । यसअघि उलब्ध हुँदै आएको न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्ट्रानेट लिज लाइन उपलब्ध अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको उपलब्ध हुनेछ । टेलिकमका अनुसार हाल २५६ केबीपीएस ब्यान्डविथको लिज लाइन प्रयोग गरिरहेका ग्राहकहरुको समयावधि सकिएपछि स्वतः ५१२ केबीपीएसमा अपग्रेड हुने...

नेपालमा मोबाइल आयात बढदैः वर्षमा २५ अर्बको आयात

नेपालमा मोबाइल आयात बढदैः वर्षमा २५ अर्बको आयात
२४ साउन, काठमाडौं - नेपालमा मोबाइलको प्रयोग सर्वब्यापी बन्दै जाँदा आयात पनि तीव्ररुपमा बढिरहेको छ । यो वर्ष मात्रै करिब २५ अर्ब बराबरको मोबाइल नेपाल भित्रिएको छ । आर्थिक वर्ष २०७३/७४ मा २२ अर्ब ६६ करोडको मोबाइल आयात भएकोमा यो वर्ष बढेर २४ अर्ब ८७ करोडमा पुगेको भन्सार विभागले जनाएको छ । अर्थात् गतवर्ष २ अर्ब २१ करोड बढी मूल्यको मोबाइल आयात भएको हो । विभागको तथ्यांकअनुसार गत वर्ष २ लाख ६८ हजार बढी...