फेसबुकले ल्याउँदैछ ‘दिमागले चल्ने’ किबोर्ड
सोसल नेटवर्किंग कम्पनी फेसबुकले एउटा यस्तो प्रविधिमा काम गरिरहेको छ जसमा सफल भएमा प्रविधि उद्योगमा क्रान्तिकारी फड्को आउनेछ । फेसबुकले यस्तो प्रविधि बनाउँदैछ जसबाट तपाइँले आफ्नो कम्प्युटरको किबोर्ड हातले थिचिरहनुपर्नेछैन । तपाइँले आफ्नो दिमागले नै कम्प्युटर नियन्त्रण गर्न सक्नुहुन्छ र दिमागले नै टाइप गर्न सक्नुहुनेछ ।
उक्त साइलेन्ट स्पिच नामको सफ्टवेयरको मद्धतले मानिसहरुले प्रति मिनेट १ सय शव्द...