भारतबाट थप १० लाख डोज ‘कोभिशिल्ड’ ल्याइयो
काठमाडौं- कोभिड १९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज काठमाडौं आइपुगेको छ । भारतको नयाँ दिल्लीबाट दिउँसो साढे २ बजे एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौँ आइपुगेको हो ।
फाइल फोटो
फागुन ५ गते खोप उत्पादक कम्पनी सेरम इन्सिच्युट अफ इन्डियासँग २० लाख डोज खोप लिने सहमतिअनुसार आइतबार पहिलो चरणमा १० लाख डोज खोप त्रिभुवन विमानस्थल आइपुगेको छ ।
यसअघि गत माघ ८ गते भारत सरकारले सोही कम्पनीको खोप ...