भोजपुरको दिंलामा यसरी मनाईयो हिले जात्रा हेर्नुहोस् (फोटो फिचर) सहित !

दिंला, भाद्र १२– भोजपुरको दिङलाको लाखे समुह र खड्गी सेवा समाजले आज दिंला बजारमा विगतका बर्षहरुमा झैं धुमधामका साथ हिले जात्रा मनाएका छन् ।

जात्रामा लाखे नाच, ढटुवारे, हलि गोरु,मुखिया,हलि, वाउसेको प्रस्तुती, असारे बेठि रोपाईको नृत्यले दिंला बजार तथा आसपासवाट आएका सयौं सर्वसाधारणलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । जात्रा सुरु हुनु अगाडी दिङला लाखे समुह द्धारा आयोजित लाखे समुहले सिताराम मन्दिर हुदै बजार परिक्रमा गरेका थिए । दिङलामा भाद्र कृष्ण द्धितीयाको दिन बर्षेनि हिले जात्रा मनाईने गरिन्छ ।