भोजपुरमा फेला परेको बम सेनाले कसरी डिस्पोज गर्यो ? हेर्नुहोस् (भिडियो) सहित

भोजपुर, १८ असार – भोजपुर सदरमुकामको देराउली चोक नजिकै फेला परेको बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । आज विहान डिस्पोज गरिएको बम टायम बम रहेको नेपाली सेनाले पुष्टी गरेको छ ।

बमको आसपमसमा मोवाईल फेला परेको प्रहरीले जनाएको छ। मोवाइलमा समय सेट गरेर बम राखेको हुन सक्ने प्रहरीको भनाई छ । मोवाइलमा सिम भने फेला नपरेको प्रहरीले जनाएको छ ।

देउराली चोकबाट वोखिम तर्फ जाने वाटोको सिँढीमा झोलामा संकास्पद बस्तु फेला परेको हो । शंकास्पद वस्तु फेला परे स्थानीय क्रसित वनेका थिए । शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । हेर्नुहोस् भिडियोः