नगरपालिकामा उत्पादन भएको कृषि उपज विश्व बजारमा पुग्नेछः मेयर विरबल राई

नमस्कार
नमस्कार
आराम हुनुहुन्छ ?
आराम नै छु
के मा व्यस्त हुनुहुन्छ ?
नगरपालिकाले यो बर्षको लागि छुट्याएको योजनाको सम्झौता अनि कार्यन्वयन गर्ने कार्यमा व्यस्त छु ।
नगरपालिकालाई कसरि समृद्ध बनाउनु हुन्छ ?
नगरपालिकाको आर्थिक समृद्धि कृषिको क्षेत्रदेखि हुने भएकोले निर्भाहमुखी कृषिको अन्त्य गर्दै अब छिट्टै व्यावसायिक कृषिमा किसान दाजुभाईहरुलाई बाटो देखाईनेछ । व्यावसायीक कृषिलाई स्थापित गरि वैदेशिक रोजगारमा जानेहरुको संख्याको पनि न्युनिकरण गर्ने छु । नगरपालिकामा धेरै उर्वर भुमिहरु बाँजिएर बसेको छ त्यसलाई सहि तरिकाले सदुपयोग गरेर नगरपालिकामा भएका किसान दाजुभाईहरुको भविष्य पनि उज्वल हुन्छ र नगरपालिका पनि समृद्धि बन्छ । अब नगरपालिका भित्रका किसान दाजुभाईहरुले निर्भाहमुखी खेति गरेर अब प्रगति हुदैंन अब नगरपालिकाले व्यावसायीमुखी कृषिको अवधारण ल्याएको छ । प्रत्येक वडामा एकिकृत वस्तिको निर्माण गरिने छ र छुट्टै फार्मिङ क्षेत्र हु,नेछ फार्मिङ क्षेत्र सम्मको लागि कृषि सडक लगिनेछ र नगरपालिकामा आग्रयानिक कृषि उपजहरु उत्पादनमा जोड दिईनेछ आग्रनिक उपजहरु आज विश्वबजारले खोजिरहेको छ यहाँ आर्ग्निक उपज उत्पादन भए मिडियाको पहुँजले विश्वमा छिनमानै पुग्न सक्छ र बाहिरको पैसालाई यहाँ सहजै ल्याउन सकिन्छ त्यस कारण अब नगरपालिकाले कृषिलाई अनुदान र कृषि संग सम्बन्धित ठुला योजना ल्याउँदै छ । अब नगरपालिका छिट्टै समृद्ध हुनेछ ।

कृषि सम्बन्धि योजना धेरै ठुला ठुला छन् भन्नु भयो, के यो के त्यति छोटो समयमा सम्भव छ ?
यो सुरुवात हो मेरो पालामा सुरु भएको यो काम अब २ बर्ष पछि हुने मेयरले पनि यो कामलाई निरन्तरता दिन आवश्यक हुनेछ । नगरपालिकाको समृद्धि कृषि भन्दा अरु कुनै बाटो देखि सम्भावना छैन । त्यस कारण अहिले सुरुवात भएको कृषिको योजनामा सधै निरन्तरता रहन्छ र नगरपालिका एक दिन कृषि देखि समृद्ध भएको देख्ने छौं ।

नगरपालिकामा विकास निर्माण लगायतका प्रशासनिक कार्य गर्ने वातावरण सहज छैन भन्ने हल्ला छ खास के हो ?
यहाँको वातावरण केहि विग्रेको छ काम गर्न सहज छैन तर काम गर्ने वातावरण हामी आफैले बनाउने हो । सबै नगरपालिकाको टिमलाई पनि काम गर्ने वातावरण बनाएर अगाडी बढ्नु पर्छ यो सामुहिक काम हो एक जनाले सहयोग गरेन भने पनि हाम्रो टिम कम्जोर हुन्छ त्यस कारण यो राजनितिक लुच्छातानीलाई छोडेर सहकार्य गरेर अगाडी बढेदेखि नगरपालिकाको विकासमा सहज हुन्छ । सबैले आफ्नो जिम्वेवारी इमान्दारीका साथ पुरा गरौैं र नगरपालिकाकोे विकासको लागि सहज वातावरण हामी आफैले बनाउनु पर्छ ।

नगरकार्यपालिकामा नेकपाको बहुमत छ काम गर्न सहज छ ?
पहिलो कुरात स्थानीय सरकारमा बहुमत र अल्पमत भन्ने कुरा हुदैन । स्थानीय सरकारमा सत्ता पक्ष र प्रतिपक्ष पनि हुदैन स्थानीय सरकारको प्रतिपक्ष भनेको आम जनता मात्रै हुन्छ जनताको निगरानीमा रहने स्थानीय सरकारमा बहुमतको कुनै जरुरी हुदैन तर यहाँ केहि जनप्रतिनिधीहरु मेयर कंग्रेसको हो मेयर सत्ता पक्ष र नेकपा प्रतिपक्ष भन्ने सम्झन्छन् तर नगरपालिकाको सबै जनप्रतिनिधीहरु सरकार हो । स्थानीय सरकार जतिको बलियो सरकार केन्द्रिय सरकार र प्रदेश सरकार हुदैन स्थानीय सरकारले जनताको दुख कष्ट बुजेर जनताको चाहना र इच्छा अनुसारको काम गरेर अगाडी बढ्नु पर्छ । नेकपाको बहुमत छ भनेर बहुमतको आधारमा नगरपालिकामा भईरहेको योजना कामहरुमा बाधा हुने खालको काम गर्न हुदैन । केन्द्रिय सरकार र प्रदेश सरकारको जस्तो यहाँ सभामुख, प्रधानमन्त्री अनि सत्ता पक्ष र प्रतिपक्ष हुदैन यहाँ आफै सरकार हो सरकारले आफ्नै सरकारको विरोध गर्दैन बरु सहमति र सहकार्य गरेर अगाडी बढ्नु पर्छ, आफ्नो काम कर्तव्य र अधिकारको दुरुपयोग नर्गन पनि आग्रह गर्छु ।

नगरपालिकामा प्रायः विवाद भईरहन्छ भन्ने वाहिर हल्ला छ नि किन ?
यो विवादहरु अनावश्यक छ नगरपालिकामा भएको केहि साथीहरुले स्थानीय सरकारको क्षेत्रधिकार कति हो काम कर्तव्य के हो रु भन्ने कुरा नबुजेका कारण यो दुर्दशा भोग्नु परिरहेको छ । स्थानीय तह भनेको के हो रु भन्ने पहिला बुज्न जरुरी छ म पहिला पनि स्थानीय तहमा लामो समय नेतृत्व गरेर काम गरेको भएर मैले त्यो अनुभवले काम गर्न खोजिरहेको छु तर साथ सहयोग राम्रो पाई रहेको छैन् ।

षडानन्द नगरपालिका भ्रष्टचारको अखडा भयो भन्छन नि खास के हो ?
स्थानीय तहमा निर्वा्चित भएका जनप्रतिनिधीहरुले सरकार दिएको साँवानै खान खोज्छन् तर त्यो साँवालाई सहि ठाँउमा लगाएर त्याहाँ देखि आएको परिणाम अनि मुनाफाचै खाने हो । विद्युतमा दिएको योजनालाई राम्रो संग विद्युत विस्तार गर्ने हो अनि त्यहाँ विभिन्न कलकारखाना अनि फर्महरु खोल्ने अनि त्यहाँ देखि आएको मुनाफाचै सबैले खाने हो । कृषिमा दिएको योजना कृषिकै लागि प्रयोग गर्ने अनि जे संग समबन्धित योजना छ त्यो योजनालाई त्यहि कामको लागि उपभोक्त समितिले पनि र जनप्रतिनिधीले पनि काम गरे त्यसको परिणाम राम्रो आउछ र त्यो परिणामको मुनाफा खाने हो । साँवानै खायो भने एक जनालाई पनि पुग्दैन एक जनाले खायो भने यहाँको सम्पुर्ण जनताले घाटा बेहुर्नु पर्छ अब भ्रष्टचार गरेर एक्लैले खान खोज्ने हैन राम्रो काम गरेर अगि बढ्ने हो नगरपालिकामा मुनाफा धेरै छ । कसैले गल्ति गर्छ भने त्यसको सजाय भोग्नु पर्छ गल्ति गरे पछित अख्तियार आउँछ अख्तियारले आफ्नो कर्तव्य पुरा गरिरहेको छ । भ्रष्टचारको मुद्दा जनताले हालेको हो, त्यो भनेको १९३२ सालमा गुरु महाराजले स्थापना गरेको शिक्षाले यहाँको जनता शिक्षित छन् त्यस कारणले भ्रष्टचार गर्न खाज्नेहरुले अब योजनाको पैसा हिनामिना गर्न सक्दैन अब जनताले बुजि सकेका छन् । र जनताले बुजेकै कारण पनि यो हल्लाहरु धेरै छन् ।

शिक्षक पदस्थापनामा पनि विवाद भईरहेको सुनिन्छ नि ?
नगरपालिकामा नगर शिक्षा समिति हुन्छ , त्यो समितिको संयोजक नगर प्रमुख हुन्छ अनि नगरपालिकामा शिक्षक नियुक्ति गर्दा शिक्षा समितिको बैठक नवसि नगर शिक्षा समितिले निर्णय नगरी शिक्षक पदस्थापना कसरी हुन्छ रु केन्द्रिय सरकारले स्थानीय सरकारले शिक्षा स्वस्थ्य सम्बन्धि निति बनाउन पाउने अधिकार संविधानमा प्रदान गरेको छ । अनि स्थानिय तहले यहाँका विद्यालयमा कसरि गुणस्तर शिक्षा दिने भन्ने योजना पनि बनाएको छ । त्यो योजनामा शिक्षकहरुले पनि सहयोग गर्नू पर्छ र यो विवाद हैन नगरपालिकामा भएको शिक्षाको गुणस्तर बढाउन खोज्दा केहि व्याक्तिहरुले नबुज्दा यस्तो विवाद सबैले भोग्नु परेको हो ।

फेरि कहिले बन्छ नगरपालिकाको बजेट पनि गतसालको प्रदेश सरकारको जस्तै सकिने हैनर?

प्रदेश सरकारले दिएको बजेटको पनि काम गर्न खोजेको नै हो तर नगरपालिका फेरीको काममा केहि अनविज्ञ भएको फेरीको सामन पाउन गाह्रो फेरी सम्बन्धिको इन्जिनियर पाउन समस्य भयो टेन्डर आव्हान पनि ढिला भएको कारणले गत बर्ष फेरी बन्न सकेन तर अब यो बर्ष नगरपालिकाले छुट्याएको बजेट मंसिरको अन्तिम हप्ता र पौषको पहिलो हप्तानै फेरी निर्माण भईसकेर सञ्चालन हुने छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

नगरपालिकामा कंग्रेसको भिजन हैन नेपाल कम्युनिष्ट पार्टीको हैन यो नेतृत्वको भिजन हो । त्यस कारण कसैले पक्ष र प्रतिपक्षको सोच नराखौं सहमती र सहकार्य बिना नगरपालिका प्रगति तिर जान सक्दैन । नगरपालिकामा दिर्गकालिन योजनालाई सबैले सहकार्य गरेर अगाडी बढ्नु पर्छ । नगरपालिका भित्र धेरै जग्गा जमिन बाँजिएको छ सामुदायीक वनहरु धेरै छ तर आयमुलक वन छैन । अब नगरपालिका भित्रको सामुदयीक वन मार्फत आय मुलक कार्यमा सबैले सोच राख्नु पर्छ । नगरपालिकाको भविक्ष्य धेरै उज्वल छ ।

कुराकानीको लागि समय दिनु भएकोमा धेरै धेरै धन्यवाद ।
खबर ट्वीटलाई पनि धन्यवाद दिन चाहन्छु मेरा विचारहरुलाई सम्प्रेषण गर्ने मौका दिनुभएकोमा ।