षडानन्द सिताराम गुठीको जग्गा ५० प्रतिशत भन्दा बढी नापीमा छुटेको छ: गुठी अध्यक्ष पौडेल

नमस्कार !
नमस्कार !!
सन्चै हुनुहुन्छ ?
आरम नै छु ।
अहिले के कार्यमा व्यस्त हुनुहुन्छ ?
केहि घरायसि काम केहि गुठीको काममा व्यस्त छु ।
गुठीको अवस्था कस्तो छ ?
बर्खर मात्रै षडानन्द गुरुको जन्मजयन्ती सकियो जन्मजयन्ती सकिए पश्चात त्यहि कार्यक्रमको खर्च विवरण तथा फरफारक गर्ने कार्यहरु भईरहेको छ । गाउँ जाने गुठीको भाडा तथा आयस्था लिने कार्यहरु भईरहेको छ गुठीको अवस्था ठिकै छ ।

गुठीको जग्गाको तिरो कत्तिको उठ्दैछ ? कति कति राख्नु भाको छ?
उठी राखेको अवस्था छैन सबै कागज पत्रहरु नष्ट भईसकेको अवस्था छ । कतिपय तिर्न मन हुने मान्छेहरुले तिर्न पनि पाको छैन हामी समयमा पुगेका छैनौं । धेरै बर्ष अगाडी देखि हाम्रो बानी बिग्रिसकेको अवस्था पनि छ तर यो बर्ष देखि तिर्नको लागि गुठी सम्म आउनु नपर्ने किसिमको योजना भएको छ हामी आफै घर घर जाने यदि नभ्याए कर्मचारी राखेर उठाउने व्यावस्था गरेका छौं । अहिले एक चरणको कामहरु सकिएको पनि छ । कस्लाई कति सम्म छुट दिने भनेर हामी घरघर पनि जादै छौं । गुठीले पहिलेनै तोकेको दर दुई क्षेत्रलाई छुट्टाछुटै भागमा विभाजन गरेर तोकिएको छ वेशिफाँटलाई २५ सय प्रतिमुरी र कच्छट भेगलाई प्रतिमुरी २२ सय तोकिएको छ ।

पछिल्लो समयमा विभिन्न ठाउँमा वाटो खनिएको छ, जग्गा पनि घटेको छ लगत कट्टा गरिएको छ कि छैन ?

गत बर्ष नै हामी सडकको लगत कट्टा हुने र भएको ठाउँहरुमा हामी आफै गएका छौं र भाडा दर पनि घटाईसकेका छौं । अब हुने सडक लगत कट्टाको बारेमा जानकारी आको छैन अब हामी नापी कार्य संगै लगत कट्टाको बिषयमा हामीले योजना बनाई सकेका छौं । र उनिहरुलाई मार्का नपर्ने गरि भाडा घटाउने बिषयलाई लिएका छौ।

गुठि समिति भित्रै विवाद छ भन्ने कुरा आएको छ नि ?

केहि काम भन्दा पनि विगत १५–२० बर्ष अगाडी देखि नभएको कामहरु हामीले गरेका छौं । षडानन्द सिताराम गुठी यति ठुलो हुँदा पनि राज्यलाई थाहा थिएन, पुरातात्वीक विभागलाई थाहा थिएन, प्रदेश सरकारलाई थाहा थिएन तर अहिले हामीले सम्बन्धित निकाय सम्म जानकारी पु¥याउने कामहरु गरिरहेका छौं । यो भन्दा अगाडी गुठीको दर्ता नै खारेज हुने सम्म भएको थियो तर अहिले हामीले नविकरण गरेर स्थिति सुधार गरेका छौं । अव्यवस्थित रुपमा चलेको गुठिमा काम गर्न सहज छैन धेरै कामहरु छ विनियम नै १२–१५ ओटा बनाउनु छ । जग्गा जमिन नाप्ने कार्य लथालिङ्ग भएको कार्यहरुलाई सम्हाल्नु छ, भग्नाशेष संरचनाहरुको पुनःनिर्माण गर्नु छ, धार्मिक कार्यहरुमा विभिन्न विकृतिहरु आईरहेको छ नगरा बजाउने रिति हटिसकेको अवस्था छ, गुरुको जन्म जयन्ती गुरुको श्राद्ध गर्ने अवस्थाका विभिन्न कामहरु धेरै भएको कारण कार्य विभाजनमा केहि घटिबडी भएर र काम धेरै भएकोले समितिमा बाँडफाडमा जिम्वेवारी बहन गर्न पनि कठिनाई भएर हुन सक्ला तर समिति भित्र त्यस्तो विवाद छैन । समितिको सहयोग नभएको भए यतिका कामहरु गर्दै गुठीका कार्य यहाँ सम्म आउने थिएनौं । हामीले संग्राहलयको पनि काम सुरु गरेका छौं नगरा बजाउने कार्य तथा दैनिक रुपमा हुने कार्यहरु पनि सुधार गरेका छौं ।

गुठीको अध्यक्षमा तपाईको नेतृत्व भएपछि जग्गा नाप्ने कार्य सुरु गर्नू भएको छ कति जग्गा नाप्नु भयो ?

करिब सुरु गर्दा देखिकै दिङ्लामा प्राविधिकको समस्या पनि छ त्यसलाई चिर्दै प्रमुख संरक्षक प्रमुख जिल्ला अधिकारीलाई सहयोग मागेर करिब ३ देखि ४ सय रोपानी जग्गा नापिएको छ । अलिक बर्षातको समय पनि परेको हुनाले दिनमा १ घण्टा समयमा थोरै नाप्न पाईने जग्गा टाढा टाढा भएको कारण कुना कुनामा गएर फित्ता लगाउनु पर्ने भएकोले समय धेरै पनि लाग्ने भएकोले केहि ढिलाई भएको हो । अब यो बर्ष धानहरु उठाई सकेपछि नापी सुरु हुन्छ केहि गुठीको जग्गा हो भन्ने थाहा नभएको जग्गाहरु पनि हामीले नापी गर्दा फेला पारेका छौं । यो बर्ष गुठीको नाममा रहेको जग्गा नापी कार्य यो बर्ष पुर्ण हुनेछ । केहि जमिनहरु दर्ता हुन छुटेको छ त्यसलाई पनि छुट दर्ताको पहल पनि गरिरहेका छौं ।
गुरुमहाराजले लेख्नु भएको अभिलेखमा १७ सय रोपानी भन्दा धेरै देखिन्छ तर अहिले ७ सय ५० रोपानी जग्गा मात्रै देखिन्छ के हो ?

यो स्वाभिक प्रश्न हो दुईओटा जग्गा पास भएर गएको छ एउटा जग्गा व्याक्तिको नाममा र अर्को जग्गा सरकारी कार्यालयको लागि सामुदायीक बनको नाममा गएको छ । केहि जग्गा मोहिको नाममा गएको पनि छ मेठबन्दि छ तर जग्गा कम हुनुमा ३६ सालमा भएको नापी कार्यमा छुटेको जग्गाहरु पनि धेरै छ । ५० प्रतिशत भन्दा पनि बढि जग्गा नापी भएको छैन हिजो तिरो तिरि राखेको जग्गा अहिले गुठीको स्वामित्वमा छैन गुठीको नाममा भएको जग्गाहरु गुठीमा दर्ता भएको छैन गुठीको नाममा दर्ता नभएको जग्गाको आयस्था गुठीले लिईरहेको छ तर छुटेका जग्गाहरुको नापी गर्ने र दर्ता गर्ने हो भने १७ सय मात्रै हैन त्यो भन्दा धेरै जग्गा गुठीको नाममा छ ।

गुठीको १ हजार ८ प्रजातीको वृक्ष रोप्ने योजना कता पुग्यो ?

बगैंचा भित्र १ सय ८ र बाहिरि बगैंचा र कैलाश डाँडामा गरेर १ हजार ८ प्रजातीको वृक्ष रोप्ने योजना भएको छ । १ सय ८ किसिमका वृक्षहरु त रोपसिकिएको छ तर गुरुमहाराजको पालामा रोपिएको प्रजातीका वृक्षहरु रोपिएको छ कि छैन त्यो अहिले खोजिरहेका छौं र करिब करिब १ सय ८ बिरुवा त यो गत बर्ष रोपिसकेका छौं अब यो बर्ष १ हजार ८ प्रजातीका वृक्षहरु रोप्ने कार्य पुरा गर्ने छौं ।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?

अन्त्यमा षडानन्द सिताराम गुठी भनेको धर्मको लागि र शिक्षाको लागि स्थापना भएको हो । १९३२ साल तिर शिक्षालय पनि नभएको भेला यहाँ शिक्षाको ज्योति छर्न स्थापना भएको र धर्म संस्कार र संस्कृतिको जगेर्णा तथा संरक्ष गर्न राखिएको हो । यस ठाउँलाई बाहिर चिनाउने उदेश्यले स्थापना भएकोले अहिले पनि गुरु महाराजको इच्छाअनुसार उहाँको सदिक्षा पुरा गर्नको लागि अब धर्म संस्कार संस्कृति र यो जात त्यो जात यो धर्म यो संस्कार नभनी सम्पुर्ण मानव जातीको धर्म र संस्कार र शिक्षाको लागि यो गुठी प्रयोग हुनु पर्छ । दिङ्लाको भग्य भविष्य अब धार्मिक पर्यटकीय स्थल र शैक्षिक पर्यटकीय स्थलको रुपमा विकास गर्नू पर्छ र यस कार्यमा सबैको सहयोग आवश्यक पर्दछ र सबैको सहयोगको आशा पनि गरेको छु ।

कुरा कानीको लागि समय दिनु भयो धेरै धेरै धन्यवाद !

तपाई र तपाईको लोकप्रिय पत्रिका दिङ्ला साप्ताहिक खबरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु । गुठीको महतवपुर्ण कुराहरुलाई सार्वजानिक रुपमा आम जनतामाज पु¥याउन सहयोग गर्दिनु भएकोमा र आफ्ना विचारहरुलाई राख्ने अवसर दिनुभएकोमा ।