कतार र मुम्वईवाट आएका भोजपुरका युवाको रिपोर्ट नेगेटिभ

दिङ्ला,२१ चैत– विश्वभर फैलिरहेको कोरोना भाईरसवाट संक्रमित नेपाली युवती सँगै कतार बाट आएका  एक युवा र मुम्वईवाट आएका अर्का एक भोजपुरका युवाको कोरोना स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

उनिहरुको स्वाब षडानन्द नगरपालिकाले बुधवार राती मुलपानी उपस्वास्थ्य चौकीका अहेव रविन्द्र तिम्सिनाको साथमा एम्वुलेन्समा पठाईएको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना परिक्षणको विशेष ल्यावमा पठाएको थियो । कतारवाट आएका युवाको हिजोनै रिपोर्ट आएको थियो भने मुम्वईवाट आएका युवाको आजमात्र रिपोर्ट आएको हो । दुवै जनाको स्वाब एकै पटक पठाईएता पनि १ दिनमा १२ जनाको मात्र परिक्षण हुने भएकाले १३ नम्वरमा परेका मुम्वईवाट आएका युवाको रिपोर्ट आजमात्र आएको हो ।

उनिहरुलाई कुनै पनि कोरोनाको लक्षण नदेखिएता पनि स्थानिय त्रशित वनेपछि उनिहरुको माग बमोजिम स्वाब परिक्षणका निमित्त पठाईएको थियो । रिपोर्ट नेगेटिभ आएसँगै कोरोना संक्रमण पुष्टि भएको फ्रान्सबाट आएकी युवती सँगै कतारबाट आएका षडानन्द नगरपालिका वडा नं १ साँगुवोटेका एक युवा र सोहि ठाँउका भारतको मुम्वईवाट आएका अर्का एक युवालाई पनि कोरोनाको आशंकामा नगरपालिकाले व्यवस्थापन गरेको कृषि भवनको क्वारेन्टाइनमा रहेका युवालाई नगरपालिकाले घर पठाउने तयारी गरेको जनाएको छ ।