हेलिकोप्टर चढेर विद्यालयमा हाजिर

सोेलुखुम्बु– खुम्बु पासाङल्हामु गाउँपालिका ४ मा रहेको खुम्जुङ माध्यमिक विद्यालयले गत चैत ५ गते सम्म कक्षा १० को अन्तिममा लिईने एसईई बाहेक सबै कक्षाको परीक्षा सकेको थियो । ती परीक्षाको नतिजा ७ गते सार्वजनिक पनि गर्यो । कोरोना भाईरस कोभिड १९ को संक्रमण जोखिम न्यूनिकरण गर्न भन्दै एसईईको परीक्षा स्थगित गर्ने सरकारको घोषणासँगै शिक्षकहरु घर तिर लागे । प्रधानाध्यापक शम्भुप्रसाद बास्तोला भने विद्यालयको बाँकी व्यवस्थापकीय काम सकेर काठमाडौं स्थित घर जाने सोच्दै थिए, चैत ११ देखि लकडाउन भयो ।

के हुने हो कसो हुने हो ? घर परिवारबाट पनि जतिसक्दो छिटो घर आउन ताकेता आयो, यसो उसो मिलाएर उनी चैत १६ गते लुक्लाबाट काठमाडौं हिँडे । उनी जस्तै लकडाउनका बेला सबै शिक्षकहरु घरघरमै बसे । विद्यार्थी र अभिभावकसंग सम्पर्क हुनै सकेन ।

सरकारले असार १ देखि वैकल्पिक माध्यमबाट पठन पाठन सुरु गर्ने घोषणा गर्दा खुम्जुङ माविका अधिकाँश शिक्षकहरु काठमाडौं थिए, बाँकी मध्ये कोही तराईका जिल्ला र कोही सोलुखुम्बु जिल्ला भित्रै थिए । सरकारले कक्षा १० का विद्यार्थीको मुल्याङकन आन्तरिक रुपमा गर्ने निर्णय गरेपछि प्रधानाध्यापक अनिवार्य विद्यालय पुग्नु पर्ने बाध्यता भयो । अनि बास्तोला सर गाडी रिजर्भ गरेर सल्लेरी हुदै विद्यालय फर्किए । उनी विद्यालय आएपछि स्थानीय १० जना शिक्षक पनि आउन थाले । गाउँपालिकाले शिक्षकलाई अनिवार्य विद्यालयमा हाजिर हुन निर्देशन दियो ।

२२ जना मध्ये तीन जना मात्रै शिक्षक विद्यालयमा हाजिर हुन सकेका थिएनन् । उनीहरु चाहेर पनि विद्यालय जान सक्ने अवस्था थिएन । किनभने उनीहरु काठमाडौंमै अड्किएका थिए । फर्कन न भाडाको गाडी चलेका थिए न त जहाज नै ।

मावि तहको विज्ञान शिक्षक रवी घिमिरे, निमावि तहका नेपाली शिक्षक बालचन्द्र काफ्ले र निजी श्रोतबाट नियुक्त प्रारम्भिक बाल शिक्षाकी शिक्षक प्रज्ञा दाहाल काठमाडौंमै अड्किएका थिए । उनीहरुलाई विद्यालय कसरी ल्याउने छलफल भयो । यही क्रममा वडा अध्यक्ष लक्ष्मण अधिकारीले हेलिकप्टर रिजर्भ गरे । जुन हेलिकप्टरमा काठमाडौंमा रोकिएका तीन शिक्षक र स्थानीय चढाएर खुम्जुङ ल्याए ।

ुजनही १५ हजार तिरेर उहाँहरु विद्यालयमा हाजिर हुनुभयोु प्रधानाध्यापक बास्तोलाले भने, अब लेखापाल बाहेक हामी सबै विद्यालयमा हाजिर भइसक्यौँ ।

लेखापाल पनि दुई दिन भित्र विद्यालय आइसक्ने उनले बताए । शिक्षकहरु विद्यालयमा हाजिर भएर तलब पकाउने गफ लगाउने मात्रै गर्दैनन् । जुन दिन विद्यालयमा हाजिर भए त्यसै दिन देखि विद्यार्थी र अभिभावक भेट्न विद्यालयबाट निस्किसकेका छन् ।

होस्टेलमा बस्ने विद्यार्थी गाँउ गाँउमा भएकोले पहिलो चरणमा गृहकार्य दिन र उनीहरुलाई भेट्ने काम सकिएको प्रधानाध्यापक बास्तोलाले बताए । तीन–चार जना टाढाका विद्याथीसंग भने फोन सम्पर्कमा रहेको उनी बताउँछन् ।

उच्च हिमाली क्षेत्रको उत्कृष्ट यो विद्यालयले लकडाउनमा पनि अन्य भन्दा फरक काम गरेको छ । झण्डै एक महिनाको तलब हेलिकप्टरको भाडा तिरेर विद्यालय पुगेका शिक्षक आफ्ना विद्यार्थी भेट्न निस्केका छन् ।

ुदिनभरी हिँडेर बेलुका बास बसेर विद्यार्थीको घर घरमा पुग्यौँ । विद्यार्थीले के गरिरहेका छन् रु हेर्यौु बास्तोलाले भने, ुगृहकार्य दिएर फर्केका छौँ । अब फेरी गृहकार्य चेक गर्न जाने तयारीमा छौ ।ु

शिक्षकलाई समूहमा विभाजन गरेर विद्यार्थी र अभिभावक भेट्न निस्केको उनले बताए । यसरी घण्टौँ हिडेर विद्यार्थी भेट्न जादा विषयगत, तहगत मिलाउने गरिएको छ ।

खुम्जुङ माविमा स्थानीय भन्दा बाहिर तीन–चार दिन हिँडेर पुगिने ठाउँबाट पढ्न आउने पनि छन् । तीन सय ५० विद्यार्थी मध्ये आधा भन्दा बढी अन्यत्रबाट आउने उनले बताए । बाहिरबाट आउने विद्यार्थीलाई हास्टेलको व्यवस्था छ ।विद्यार्थीको घरमा जाँदा कोही गोठमा गएका रहेछन् । कोही चाँहि घरमै पढिरहेका थिएु बास्तोलाले भने, ुगोठमा भएका विद्यार्थीका अभिभावकलाई अब घरमा बोलाएर पढाउन आग्रह गरेका छौ । हामीले नभेटेका विद्यार्थीलाई अर्को पटक जाँदा भेटेछौैं ।

बर्खे झरीमा रुझदै विद्यार्थी खोज्न बास्तोलाको टिममा एक जना निमावी र एक जना माविका शिक्षक थिए । उनीहरु पाङबोचे तर्फ गएका थिए । खुम्जुङबाट फोर्से तीन घण्टा र त्यसबाट पाङबोचे पुग्न हिँडेर थप तीन घण्टा लाग्छ । अभिभावकलाई भेटेर किताब नलिएका विद्यार्थीलाई किताब लिन पठाउन आग्रह गरेर फर्केको उनले बताए । विद्यालयले एउटा समूहलाई थामे क्षेत्र र अर्को समूहलाई गुमेला क्षेत्रमा पठाएको थियो । हरेक टीममा प्रावि, निमावि र मावि तहका शिक्षक खटिएका हुन्छन् ।

जहाँ गए पनि बास बसेर भोलीपल्ट बेलुका मात्रै विद्यालयमा फर्कन्छौुं उनले भने विद्यार्थीको घरमा बास बस्दा टोलभरीका विद्यार्थीलाई भेला गरेर पढाउदा उनीहरु खुसी भएको बास्तोलाले बताए ।

खुम्जुङकै केही स्थानीय विद्यार्थी भने विद्यालयमै सिक्न आउने गरेका छन् । अन्यत्रका विद्यार्थीलाई भेटेरै सिकाउन गए जस्तै खुम्जुङकै स्थानीय विद्यार्थीलाई भने घर घरमा गएर भेट्ने योजना बनाएको उनले बताए । कार्यालय समयमा शिक्षकहरु विद्यालयमा पुग्छन् । वरीपरीका विद्यार्थीलाई नियमित पढाउने गरेका छन् । किताब लिन आउने विद्यार्थी पनि उत्तिकै हुन्छन् ।

अब दोस्रो चरणमा को कहाँ जाने भन्ने छलफल भइरहेको प्रधानाध्यापक बास्तोलाले बताए ।

अस्ती जाँदा हरेक विषयको होमवर्क दिएर आएका छौ । नबुझे फोन गर्न पनि भनेका थियौ । केहीले त फोन पनि गर्छन् बास्तोलाले भने, ुअब अर्को चरणको होमवर्क दिने, विद्यार्थीले नबुझेको सिकाउने र यस अघिको होमवर्क चेक गरेर फर्कन फेरी पनि टोल टोलेमा जाँदै छौं ।

पालिका भित्र १ निजी ३ गुम्बा सहित २१ विद्यालय छन् । ३ वटा माध्यमिक विद्यालय रहेको पालिकाका यी सबै शिक्षण संस्थामा गरी २ हजार बालबालिका अध्ययनरत छन् । यी बालबालिकालाई पढाउन ८९ शिक्षकको दरबन्दी छ । प्रारम्भिक बालविकासका लागि ११ र ५० जना निजी श्रोतका शिक्षक रहेको पालिकासँग तथ्याङ्क छ । पालिकाका अन्य विद्यालयले पनि सिकाइ शुरु गर्ने योजना बनाईरहेको बताउँछन् शिक्षा शाखा प्रमुखका रुपमा कार्यरत चंख बहादुर ठोकर ।

खुम्जुङ् मावि सहित थामे आधारभूत विद्यालयकका शिक्षकहरुले पनि टोल टोलमा जाने योजना बनाएको उनले बताए । यस्तै लुक्ला आधारभूत विद्यालयले घर घरै पुगेर विद्यार्थीलाई दिने शैक्षिक सामग्री निर्माणको काम सकेको जानकारी प्राप्त भएको उनको भनाई छ । अन्य विद्यालयका शिक्षकहरु पनि सिकाइ शुरु गर्न जुटिरहेको खबर आईरहेको उनले बताए ।

रोगको अवस्था के हुन्छ यसै भन्न नसकिए पनि बालबालिकाको सिकाइ अवरुद्ध गर्नु हुन्न भनेर विभिन्न उपाय अपनाउने गरी पालिकाले शिक्षकहरुलाई आग्रह गरिसकेको छु उनले भने अब परेजमा बसेर जोखिमलाई ध्यान दिदैं पठनपाठन शुरु गर्नु पर्छ भन्ने निर्णय भएको छ, त्यसका लागि आवश्यक मापदण्ड निर्माण गरेर शिक्षा तथा मानव श्रोत विकास केन्द्र काठमाडौंमा बोधार्थ पठाउने तयारी गरेका छौं ।

संविधानले विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत गरे पनि यो विश्वव्यापी महामारीसँग जोडिएको विषय भएकोले संघीय सरकारलाई जानकारी दिएर काम गर्ने पालिकाको योजना रहेको उनी बताउँछन् ।एडुखवरवाट