भोजपुर सेवा समाज ईजरायलको अध्यक्षमा थापा

भोजपुर- भोजपुर सेवा समाज ईजरायलको अध्यक्षमा अनु थापा चयन भएकी छन् । कोभिड-१९ महामारीको कारण भर्चुअल अधिवेशन मार्फत थापाको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा सुमिन पाख्रिन, मिना राई र सरस्वती राई चयन भएका छन् भने महासचिवमा झकिन्द्र खतिवडा, सचिवमा मचिन्द्र तामाङ चयन भएका छन् समितिको कोषाध्यक्षमा सुनिता गुरुङ र सह कोषाध्यक्ष विमल घले चयन भएका छन्।

परदेशमा रहेर समाजसेवालाई प्राथमिकता दिँदै स्थापना भएको भोजपुर सेवा समितिको सदस्यहरूमा दिपा राई, रोजी गोले, सीता विष्ट रहेका छन् । यस्तै बालकुमार राई संरक्षकको रूपमा रहेका छन् भने प्रमुख सल्लाहकार कृष्ण रायमाझी साथै सल्लाहकारहरूमा विष्णु तामाङ र इन्दिरा अधिकारी रहेको नवगठित समितिकी अध्यक्ष अनु थापाले जानकारी दिईन्।

तीन बर्ष अघि इजरायलमा स्थापना भएको समाजले भोजपुर जिल्लाको शिक्षा, स्वास्थ्य दैबिप्रकोप तथा विभिद समस्यामा परेका भोजपुरेहरूलाई सहयोग गर्दैआएको छ । संस्थाको प्राथमिकता पनि शिक्षा र स्वास्थ्यमा प्राथमिकताका साथ सहयोग गर्ने रहेको साथै ‘भोजपुर घर भई इजरायलमा बसोबास गर्ने र सम्पूर्ण भोजपुरे नेपालीहरूलाई आपत् बिपतको घडीमा संस्थाले सहयोग गर्दै आइरहेको छ।

संस्थाले शिक्षा, स्वास्थ्य, दूःखी हरूलाई सहयोग गर्दै भोजपुर जिल्लाको समग्र विकासमा टेवा पुर्याउने भावी कार्य योजनाहरू रहेको अध्यक्ष थापाले वताईन्।