भोजपुर- पत्रकार महासंघ भोजपुरले खबर ट्वीटका प्रधान सम्पादक श्रीकृष्ण बोगटी सम्मान गर्नुका साथैं जिल्लामा क्रियाशिल तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ । आइतबार सम्पन्न जिल्ला शाखा भोजपुरको सातौँ साधारण सभामा प्रधान सम्पादक बोगटीलाई लामो समयदेखि पत्रकारीता क्षेत्रमा पु¥याएकोे योगदानको कदर गर्दै कदर पत्र र अन्य तीनलाई नगद पुरस्कार सहित सम्मान गरेको हो ।

जिल्लामा रहेर लामो समयदेखि विभिन्न मिडियामा जिल्ला भित्रका हरेक गतिविधीलाई खबरदारीका साथ सजग गराउँदै पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने एभिन्युज टेलिभिजनका जिल्ला संवाददाता युवराज विष्ट, अन्नपुर्ण पोष्टका प्रदिपचन्द्र राईलाई जनही ४ हजार ५ रुपैंया र कान्तिपुर टेलिभिजनका जिल्ला संवाददाता अर्जुन बस्नेतलाई ४ हजार ९ सय उनान्सय नगद पुरस्कार सहित पुरस्कृत गरिएको हो ।

विष्टलाई ‘लोकनाथ दाहाल स्मृती खोज पत्रकारिता’ पुरस्कार, राईलाई, ‘तिलक बहादुर मनमाया राई पर्यटन पत्रकारिता’ पुरस्कार र बस्नेतलाई ‘मनमाया राई पर्यटन पत्रकारिता पुरस्कार’द्धारा सम्मानित गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरका अध्यक्ष श्यामकृष्ण दाहालले जानकारी दिए । तीनै जनालाई जिल्लामा रहेर पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको आधारमा पुरस्कृत गरेको उनले जानकारी दिए ।

साधारण सभामा नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश कुमार मिश्र, महासंघका केन्द्रीय सदस्य छेटु शेर्पा, नेपाल पत्रकार महासंघ प्रदेश –१ का अध्यक्ष विक्रम लुईटेल, महासचिव विवेक गौतम लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया