रवि लामिछानेले ल्याए ग्यालेक्सी टिभी

सञ्चारकर्मी रवि लामिछानेको टिमले नयाँ टेलिभिजन च्यानल ल्याएका छन् । गोर्खा मिडिया नेटवर्कद्धार सञ्चालन हुने उक्त टिभीको लामिछाने म्यानेजिङ डाइरेक्टर छन् भने जिवि राई चियर मेन रहेका छन् । उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो। नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए।


मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए । जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताए।


ग्यालेक्सीमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा, कामका कुरा आविष्कार लगायत कार्यक्रम आउने भएको छ ।