साल्पासिलिछों अध्यक्ष कप सम्पन्न

भोजपुर,१४ चैत- भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिकाको अध्यक्ष कप खेलकुद प्रतियोगिता तथा वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार एक औपचारिक कार्यक्रमका विच जालपा माध्यमिक विद्यालय, चौकीडाँडाको खेल मैदानमा सम्पन्न भएको हो।

अध्यक्ष कपमा खेलकुद तर्फ अन्तरपालिका स्तरीय पुरुष भलिबल, अन्तरपालिका स्तरीय पुरुष डबल व्याडमिन्टन, साल्पासिलिछो गाउँपालिका अन्तर्गत अन्तर वडा स्तरीय महिला भलिबल आयोजना गरिएको थियो ।

खुल्ला पुरुष भलिवलको उपाधि षडानन्द नगरपालिकालाई

अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि षडानन्द नगरपालिकाले जितेको छ । षडानन्द नगरपालिकाले संखुवासभाको सभापोखरी गाँउपालिकालाई  संघर्षपूर्ण खेलमा ३-१ को सेटमा उपाधि रक्षा गरेको हो ।

विजेता षडानन्द नगरपालिकाले नगद १ लाखसहित पाँच वर्षे चाँदीको रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सभापोखरी गाउँपालिकाले नगद ७५ हजारमा चित्त बुझाउनुपर्यो । सेमिफाइनलमा प्रवेश गर्ने साल्पासिलिछों र रामप्रसाद राई गाउँपालिकाले नगद ३०–३० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा भोजपुर र संखुवासभाका विभिन्न ७ वटा गाउँपालिकाका टीमको सहभागिता रहेको थियो ।

वडा स्तरीय महिला भलिबल विजेता वडा नम्वर ५ले ४० हजारसहित चाँदीको रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता वडा नं ३ ले नगद ३० हजार प्राप्त गर्यो सेमिफाइनलमा प्रवेश गर्ने दुईवटा टिम १ र ४ नं वडाले नगद २०–२० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

पुरूष र महिला दुवै टिमका सर्वोत्कृष्ट खेलाडीहरु षडानन्दका अर्जुन दर्नाल र वडा नम्वर ५ की महिमान राईले नगद ४ हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।

पुरुष डवल्स व्याडमिण्टन प्रतियोगिताको उपाधि  दावा  र को जोडिलाई
प्रतियोगितामा खुल्ला पुरुष डवल्स व्याडमिण्टन प्रतियोगिताको उपाधि भोजपुरका दावा शेर्पा र विशाल तामा‌ंगको जोडिले हात पार्यो। फाईनलमा भोजपुरकै प्रविन वस्नेत र सुवास तामांगको जोडिलाई पराजित गर्दै उनिहरुले उपाधि रक्षा गरेका हुन् । प्रतियोगितामा २४ टीमले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा प्रथम हुने शेर्पा र तामांगको जोडीलेले ३० हजारसहित चाँदीको रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता वस्नेत र तामांगको जोडीले नगद २० हजार र सेमिफाइनलमा प्रवेश गर्ने दुईवटा जोडी साल्पासिलिछोंका सुरज राई र रोषन ल्वागुन साथै काठमाडौंका डम्वर तामांगको जोडीले नगद १०–१० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

उक्त कार्यक्रममा संगीतकार एवम् गायक विनोद खम्बु, गायिका वविना किराँती, गायक नविन राई र चलचित्रकर्मी भुवन तातिमको लगायतले विभिन्न साँगितिक प्रस्तुति दिएका थिए । चर्चित गायिका सुनिता थेगिमले पनि कार्यक्रममा साँगितिक प्रस्तुति दिने भनेर प्रचार प्रसार गरिएतापनि अस्वस्थ्यताको कारण देखाउँदै अनुस्पस्थित रहिन् ।

छिमेकी नगरपालिकाका मेयर विरवल राईले कार्यक्रम सभ्य, भव्य र व्यवस्थित भएको भन्दै कार्यक्रमको प्रसंसा गरे । उनले यस्तो किशिमको कार्यक्रमवाट आँफु र आफ्नो नगरपाकिकाले पनि पाठसिकेको वताए । आयोजक गाँउपालिका साल्पासिलिछोंका अध्यक्ष महेश राईले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको वताए ।