भोजपुर–उद्योग वाणिज्य संघ दिङ्ला शाखाको आयोजनामा भएको ३ दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । संघको आयोजना तथा नव दृष्टि आँखा अस्पताल ईटहरीको प्राविधिक सहयोगमा भएको शिविरमा ६ सय २ जना आँखाका विरामीहरुले सेवा लिएका छन् । चैत्र २७ गतेदेखि सुरु भएको आँखा शिविर आईतबार २९ गते सम्पन्न भएको हो ।

शिविरमा विरामीहरुलाई नाम दर्ता, औषधी साथै १ सय २६ जना आँखा विरामीहरुले निशुल्क चश्मा पाएका हुन् भने ४ सय जना विरामीहरुले निशुल्क औषधी पाएका छन् । साथै ५६ जना मोति विन्दुका विरामीहरुलाई निशुल्क अपरेशनको लागि अस्पतालले छनौट गरेको हो । ५६ जना मोतिविन्दुका विरामीहरुले ईटहरी अवस्थित नव दृष्टि आखाँ अस्पतालमा निशुल्क अपरेशन सेवा पाउनेछन् ।

शिविर सञ्चालनमा विशेष उद्योग वाणिज्य संघ, नेपाल आई. टि. एफ तेक्वान्दो जिल्ला कार्यसमिति र दिङ्ला डोजाङ साथै ईलाका प्रहरी कार्यलय दिङ्लाको महत्वपुर्ण भुमिका रहेको थियो । सबै संघ संस्था साथै वाणिज्य संघका पदाधिकारीहरुलाई उद्योग वाणिज्य संघका अध्यक्ष रमेश श्रेष्ठले धन्यवाद व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया