इटहरी-टिपरको ठक्करबाट पैदलयात्री एक वृद्धको मृत्यु भएपछि इटहरी चोकमा प्रदर्शन भएको छ । मृतकका आफन्तले इटहरीको मुख्य बजारमा टायर बाल्नुका साथै इलाका प्रहरी कार्यालयअघि धर्ना बसेका छन् । आक्रोशित स्थानीयले पूर्व(पश्चिम राजमार्ग बन्द गराएका छन् ।

००१ ख ८६६५ नम्बरको टिपरको ठक्करबाट इटहरी-२ का ८१ वर्षीया कर्णबहादुर गुरुङको मृत्यु भएको हो । सडक किनारमा हिँडिरहेका गुरुङ ढलेपछि टिपर पुनस् ब्याक गरी मारिएको आफन्तको भनाइ छ ।

तपाईको प्रतिक्रिया