भोजपुर र खोटाङ्ग जिल्लाको सिमानामा पर्ने साउने डाँडा पुर्वी नेपालको मुख्य पर्यटकीय गन्तव्य हो । ३३ सय मिटर उचाईमा रहेको साउने डाँडामा नयाँ बर्षको अवसरमा भ्रमण गर्न आउनेको संख्या उल्लेख्य रहने गरेको छ ।
विगतमा नयाँ बर्षको दिन खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिदैं आएकोमा गत बर्षवाट कोभिड १९ का कारण त्यस्ता कार्यक्रम आयोजना नगरिएता पनि प्राक्रितिक आकार्षणमा रमाउनको लागि पनि सयौंको संख्यामा पर्यटकले भ्रमण गरेकाछन् । मुन्धुम पदमार्गलाई नेपालका प्रमुख १०० गन्तव्यमा सुचिकृत गरेपछि वाह्य पर्यटकहरुले पनि यस क्षेत्रको भ्रमण गर्ने गरेकाछन् । हेर्नुहोस तस्वीरहरुः