भोजपुर,४ बैशाख- भोजपुरका विभिन्न विद्यालययहरुमा लामो समय सम्म शिक्षण पेशामा आवद्ध रहि सेवा निवृत्त भएका प्रधानाध्यापकहरुको देश दर्शन भ्रमण शुरु भएको छ । शुक्रवार भोजपुर सदरमुकामवाट यात्रा शुरु गरिएको यात्राका संयोजक गुरु प्रसाद राईले जानकारी दिनुभयो ।

यात्रामा संलग्न पूर्व प्रधानाध्यापकहरुलाई भोजपुर नगरपाकिलाकाका मेयर कैलाश कुमार आले लगायत जिल्लाका विभिन्न संस्थाका पदाधिकारीले शुक्रवार विहान विदाई गर्नुभएको थियो । दिउँसो दिंला स्थित अरुण माध्यमिक विद्यालयमा विद्यालय परिवारले स्वागत गरेको थियो । दिंलावाट ऐलिहाँसिक सतिघाट, मनकामना हुँदै संखुवासभाको सदरमुकाम खाँदवारी पुगेको भ्रमण टोलीलाई खाँदवारी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपक घिमिरेले स्वागत तथा नगरपालिकाका शैक्षिक गतिविधिको वारेमा जानकारी दिनुभयो ।

भ्रमण टोलीले शनिवार संखुवासभाको फ्याक्सिन्दामा निर्माणधिन ९ सय मेगावाटको अरुण तेस्रोको अवलोकन गरेको छ । भ्रमणको क्रममा महेन्द्रोदय मावि मानेभन्व्यांग,देउराली आधारभुत विद्यालय, मकालु गाउँपालिकाले स्वागत तथा भ्रमणको सफलताको कामना गरेका थिए ।

देश दर्शन भ्रमण एक महिनाको रहने र देशको हिमाल, पहाड, मधेश र पूर्व पश्चिमका गाउँ सहरमा अवस्थित पर्यटकीय, धार्मिक साँस्कृतिक स्थानहरुको साथै शैक्षिक, व्यावसायिक क्षेत्रहरु तथा विकासका साना ठूला प्रतिष्ठान र गतिविधिहरुको अवलोकन भ्रमण गर्ने र शैक्षिक अनुभव र भ्रमण अनुभव सहितको पुस्तक प्रकासन गरिने भ्रमण टोलीका संयोजक राईले जानकारी दिनुभयो ।

 

 

तपाईको प्रतिक्रिया