भोजपुर गोल्डकपः सहज जित निकाल्दै अफ्रिकन टीम सेमिफाइनलमा

भोजपुर-भोजपुरमा जारी चौथो आमन्त्रित मेयर गोल्डकपमा अफ्रिकन रुट्स एसोसिएसन क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको छ । सोमवार भएको तेस्रो क्वाटर फाईनल खेलमा धनकुटा फुटबल कल्ब धनकुटालाई ३–० को फराकिलो अन्तरले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

पहिलो हाफमा प्रतिष्पर्धात्मक रहेको खेलमा दुवै टिमले पाएको अवसरलाई गोलमा बदल्न सकेका थिएनन । ४० औ मिनेटमा अफ्रिकन रुटस एसोसिएसनक्यामरुनका जर्सि नम्बर १८ काएमफोमोले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । क्यामरुनका खेलाडीले प्रहार गरेको गोल वारमा लागेर फर्कीएको थियो । दोस्रो हाफको ४६ औ मिनेटमा जर्सि नम्बर १५ का सिएम्बाकोपको दोस्रो गोल गर्दै गोल अन्तर दोव्वर वनाएका थिए । जर्सी नम्बर ११ का मेघाबोटुले ६१ औ मिनेटमा टिमको तर्फबाट तेस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए ।

जिल्लाकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता बैशाख ११ गते सम्म सञ्चालन हुने छ । स्थानिय टुडिखेलमा सञ्चालन भैरहेको प्रतियोगितामा एक अन्तराष्ट्रिय टिम सहित ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक र खोटांग यस अघिनै सेमिफाईनल प्रवेश गरिसकेकाछन् । गोल्डकपको विजेताले ५ लाख नगद , उपविजेताले ३ लाख रुपैया हातपार्नेछन् । बुधवारको खेल रेडहर्स क्लव इलाम र गोर्खा व्वाइज रुपन्देहिको विचमा हुनेछ ।