भोजपुर –योङ कम्युनिष्ट लिग (वाईसिएल) को षडानन्द नगर कमिटि गठन भएको छ । अभिशेक राईको संयोजकत्वमा ८१ सदस्यीय कमिटि भएको । अध्यक्ष राई सहित उपाध्यक्षमा अमृत विश्वकर्मा, उपाध्यक्ष राज कुमार खत्री, उपाध्यक्ष खुसी राई, सचिव विवेक कुँईकेल, सह–सचिव बर्षा सुनुवार र कोषाध्यक्षमा प्रेमिका राई सर्वसहमत निर्वाचित भएका हुन ।


नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य दिलकुमार राईको प्रमुख आतिथ्यतामा भएको नगर भेलामा वाईसिएलका जिल्ला संयोजक करन राई साथै विभिन्न तहका संगठनमा आवद्ध नेताहरुको उपस्थिति रहेको थियो ।

पार्टीलाई पुरानै अवस्थामा अदालतले फर्काईदिएपछि माओवादी केन्द्र निकट युवा संगठन वाईसिएल आफ्नो संगठनलाई थप चलायमान बनाउन गाउँ गाउँ सम्म सकृय छ । गाउँ नगर देखि वडा सम्मेलनसम्म सम्पन्न गर्दै जिल्ला सम्मेलनको तयारीमा रहेको संयोजक मुक्मिनले खबर ट्वीट डट कमलाई जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया