षडानन्द नगरपालिकाले जित्यो पालिका स्तरीय भलिवल प्रतियोगिताको उपाधि

धनकुटा- धनकुटाको हिलेमा सम्पन्न पालिका स्तरीय रामनवमीकप भलिवल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ । आज सम्पन्न फाईनल खेलमा २२-२५,२५-१३,२५-२१ र २५-१५ को सेटमा झापाको झापा गाउँपालिकालाई हराउँदै उपाधिमा कव्जा गरेको हो ।

उपाधि सँगै षडानन्द नगरपालिकाले नगद १ लाख र ट्रफी प्राप्त गरेको छ भने झापाले ५० हजार र ट्रफीमा चित्त बुझाउनु पर्यो । षडानन्द नगरपालिकाका विविश लिम्वु प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, झापाका गणेश कटुवाल उत्कृष्ट लिव्रो, षडानन्दका दमन उदास उत्कृष्ट लिफ्टर , झापाका रोहित शिवाकोटी उत्कृष्ट व्लकर र षडानन्दका मनिष खत्री प्रतियोगिताका उत्कृष्ट स्पाईकर घोषित भए ।

विजयी टीमका खेलाडीलाई धनकुटा नगरपालिकाका मेयर चिन्तन तामांग, वरखगणका गणपति भगवान थापा लगायतले पुरस्कार वितरण गरेका थिए । हिले भलिवल क्लवको आयोजनामा सञ्चालित प्रतियोगितामा भोजपुर, धनकुटा, ईलाम, झापा र मोरंगका १० पालिकाका टीमको सहभागिता रहेको थियो ।