भोजपुर- भोजपुरमा विहेको गाडी दुर्घट्ना हुँदा ४ जना घाईते भएका छन् । भोजपुरको साल्पासिलिछों २ कुलुंगवाट ट्याम्केमैयुंगको दिल्पा तर्फ विहेको जन्ती लिएर जाँदै गरेको ग ३ च. ३६३२ नम्वरको फोर्स गाडी विहान ५ः३० बजे षडानन्द नगरपालिका ५ चिउरीवोटेमा चिप्लीएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय दिंलाले जनाएको छ ।

No description available.

घाईने हुनेमा साल्पासिलिछों २ का बर्ष ४७ का घनश्याम गिरी, बर्ष ४८ का बालकृष्ण गिरी, बर्ष ६० का बासुदेव गिरी र सोहि ठाउँका बर्ष ३५ का निल वहादुर चौहान रहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको गाडी ५ मिटर तल झरेको थियो । गाडीमा वेहुला सहित १४ जना जन्ती रहेका थिए ।

घाईते सवैकौ अवस्था गम्भीर नरहेको प्रहरीले जनाएको छ । घाईते सवैलाई उपचारकोलागि संखुवासभाको मनकामना हस्पिटल तुम्लींगटार पठाईएको ईलाका प्रहरी कार्यालय दिंलाका प्रमुख तथा प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया