काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘म बनाउँछु मेरो धरहरा’ अभियान शनिवारबाट पूरा भएको छ । २२ तले धरहराको उद्घाटन गर्दै ओलीले आफूले जनता समक्ष गरेका बाचा पूरा गर्दै आएको बताए ।

भत्किएको धरहरा बनाउने अभियानको शुरु गरेका ओली २०७३ सालमा सत्ताच्यूत भएपछि धरहरा निर्माण पनि अलपत्र परेको थियो । सरकारमा ओली र पुनःनिर्माण प्राधिकरणमा सुशील ज्ञवालीको पुनरागमनसँगै रफ्तार लिएको धरहरा पुनःनिर्माण लगभग सम्पन्न भएको छ ।

शनिवार एक समारोहकाबीच पुनर्निर्मित धरहराको प्रवेशद्धारमा राखिएको शिलालेखको प्रधानमन्त्रीले अनावरण गरि धरहराको ऐतिहासिक धरहराको समुद्घाटन गरेका हुन् । त्यसपछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औ तलामा पुगेर पुष्पपृष्टी गरेका थिए ।

२०७२ बैशाख १२ गतेको महाभुकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुर्ननिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते ‘मेरो धरहरा मै बनाउँछु’ अभियानको घोषणा गरेका थिए ।

२०७५ साल पुस ५ गते प्रधानमन्त्री ओलीबाट नै सिलन्यास गरिएको पुनर्निर्मित धरहराको शनिवार प्रधानमन्त्री ओलीबाट नै समुद्घाटन भएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको नेतृत्वमा पुनर्निर्मित धरहराका लागि ३ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का दिईएको थियो । धरहराको २२ औै तलामा पुरानो धरहराबाट निकालिएको पुरानो शिवलिंङ्ग राखिएको छ ।

बाहिरबाट देखिदाँ ११ तले रहेपनि भित्र २२ तला रहेको छ । त्यसमा २ वटा लिफ्ट राखिएको छ । जमिन मुनि २ तला बनाईएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको वरपर विश्राम स्थल सहितको बगैचाको हुनेछ भने संक्षित ऐतिहासिक सुनधारामा २४ सै घण्टा पानी आउने व्यवस्था मिलाईएको छ ।

त्यसैगरी ४ सय गाडी र ७ सय मोटरसाईकल पार्किङको पनि व्यवस्था छ । धरहराको पुर्ननिर्माणमा मैलिकताको संवद्र्धन गर्दै आधुनिकताको प्रचुर प्रयोग गरिएको छ ।

 

तपाईको प्रतिक्रिया