नेकपा माओवादी केन्द्रको षडानन्द नगर अध्यक्षमा यङ्गराज राई

दिंला– नेकपा माओवादी केन्द्र षडानन्द नगर कमिटीको प्रथम अधिवेशनबाट यङ्गराज राईको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएको छ ।

कमिटीको उपाध्यक्षमा बुद्ध सिं तामाङ, गिता राई र योगराज न्यौपाने, सचिबमा राज बिकास राई, सह–सचिबमा बद्रि कार्की र कोषाध्यक्षमा बिष्णु हिङमाङ् निर्वाचित भएका छन् ।

प्रथम नगर अधिवेशनमा माओवादी केन्द्रका प्रदेश सह–ईन्चाज पदम राईको प्रमुख आतिथ्य र माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज सांसद सुधन किराँतीको विशेष आतिथ्यमा सम्पन्न भएको नगरका नव अध्यक्ष यंगराज राईले खवरट्वीटलाई जानकारी दिए । कार्यक्रममा प्रदेश कमिटीका सदस्य तथा भोजपुर जिल्ला कमिटीका पदाधिकारी साथै जिल्ला कमिटी सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

नव गठित कमिटीका अध्यक्ष राईले पार्टी संगठनको सम्पूर्ण कमरेडहरु लाई एकताबद्द बनाउदई संगगठनलाई बिधि, बिधान र पद्धति अनुसार नेतृत्व प्रदान गर्दै अग्रज नेताहरुको सल्लाह सुझाव पनि अनुसरण गर्दै अगाड़ी बढने र असल शासनको लागि र समाजमा भएका विकृति, बिसंगती र कूरीतिको विरुद्ध लड़दै पार्टी संगठनलाई अगाड़ी बढाउने प्रतिबदता जनाए।