भोजपुर- भोजपुरको षडानन्द नगरपालिका-६ स्थित अरुण नदिको लम्सुवा खण्डमा पौडि खेल्ने क्रममा डुवेर एकजना वेपत्ता भएकाछन् । बेपत्ता हुनेमा सोहि नगरपालिका- ७ का ३१ बर्षीय रुद्र न्यौपाने रहेको उनका छिमेकी सुवास न्यौपानेले जानकारी दिए ।

छिमेकीको पञ्चबली पुजामा गएका न्योेपाने गर्मी भएर पौडि खेल्ने क्रममा वेपत्ता भएको वताईएको छ । घरानमा केहि बर्षअघि देखि एक होटलमा काम गर्दै आएका न्यौपाने केहि दिन अघि विहे गर्नको लागि भन्दै घर आएका थिए । वेपत्ता युवकको ईलाका प्रहरी कार्यालय दिंलाका प्रमुख काशीराज थापाको नेत्रृत्वमा रहेको प्रहरी टोली र स्थानियको सक्रियतामा खोजी भईरहेको ईलाका प्रहरी कार्यालय दिंलाले जनाएको छ ।

तपाईको प्रतिक्रिया