संखुवासभा, १८ बैशाख- नेपालको अग्रणी वायु सेवा कम्पनी बुद्ध एयरलाईन्सले पहाडी एयरपोर्ट तुम्लीङ्टारमा पनि बुद्ध एयरको एटीआर ४२ को उडान शुरु गरेको छ । आजवाट ४७ सिट क्षमताको एटीआर ४२ ले उडान शुरु गरेको बुद्ध एयर तुम्लीङ्टारका सिनियर अफिसर राजिव पोख्रेलले जानकारी दिए ।

बुद्धको एटीआर ४२ ले काठमाडौं तुम्लीङ्टार ८ः२५ बजे, तुम्लीङ्टार काठमाडौं ९ः२५बजे दैनिक उडान गर्ने बुद्ध एयरले जनाएको छ । विमानले तुम्लीङ्टार विराटनगर हप्ताको ३ दिन आईतवार, बुधवार र शुक्रवार उडान गर्दै आएको छ । एयरलाईन्सले शुरुवाती भाडादर काठमाडौं तुम्लीङ्टारको ४ हजार ४ सय ३५ र तुम्लीङ्टार विराटनगर को २ हजार ६ सय २५ भाडा तोकेको छ । यस अघि काठमाडौं को ५७ सय र विराटनगर को ३३ सय ७० भाडा रहेको थियो। यस अघि १८ सीट क्षमताको बीच १९०० डी ले तुम्लीङ्टारमा उडान भर्दै आएको थियो ।

एयरलाईन्सले कोरोनाको पिसिआर टेस्टको रिपोर्ट अनिवार्य नगरेतापनि सुरक्षा सावधानी अपनाएर मात्र यात्रा गर्न पाईने वताएको छ । झोला एउटा मात्र वोक्न पाउने, १ घण्टा ३० मिनेट अगाडि विमानास्थल प्रवेश गर्नुपर्ने, कोभिड १९ को लक्षण हुन नहुने, विरामी भएमा डाक्टरको रिपोर्ट अनिवार्य गरिएको बुद्ध एयर तुम्लीङ्टारका सिनियर अफिसर पोख्रेलले जानकारी वताए ।

तपाईको प्रतिक्रिया