नेपाली गायक दिवेश पोखरेल अर्थात् आर्थर गन ‘अमेरिकन आइडल’को नयाँ संस्करणमा टप ७ मा परेका छन् । गतवर्षको संकरणमा फस्ट रनरअप भएका उनी यसपटक पनि सोही गतिमा अघि बढेका छन् ।

पोखरेल पछिल्लो संस्करणमा पनि उत्कृष्ट सातमा परेको गायन रियालिटी सोले अफिसियल ट्विटरमार्फत जानकारी गराएको छ ।

कोरोना महामारीका कारण अडिसनलगायत कार्यक्रम प्रभावित भएपछि अमेरिकी आइडलले गत वर्षका १० जना प्रतिस्पर्धीलाई पुनः गायनको मौका दिएको हो ।

अघिल्लो वर्ष प्रतिस्पर्धा गरेका १० जनालाई उछिन्दै दिवेशले उत्कृष्ट १० मा स्थान बनाएका थिए । अघिल्लो वर्ष प्रतिस्पर्धा गरेका १० जनामध्ये सर्वाधिक भोट ल्याउने एकजना प्रतिस्पर्धी अगाडि बढ्ने नियम ‘अमेरिकन आइडल’को निर्माण टिमले बनाएको थियो ।

तपाईको प्रतिक्रिया