भोजपुरको रामप्रसाद राई गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सहित १८ जनामा कोरोना पोजेटिभ

भोजपुर, २७ बैशाख- भोजपुरको रामप्रसाद राई गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सहित १८ जनामा कोरोना पोजेटिभ देखिएको छ । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणको कोरोना परिक्षणवाट सो रिपोर्ट आएको गाउँपालिकाका अध्यक्ष विजय राईले जानकारी दिए ।

गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत,योजना शाखा,प्राविधिक शाखा, कृषि शाखा,स्वास्थ्य शाखा,कार्यालय सहयोगि, तालिम प्रशिक्षक,सवारी चालक र ३ जना स्थानियको कोरोना परिक्षण गर्दा १८ जनाको कोरोना पोजेटिभ आएको गाउँपालिकाले जनाएको छ । ठूलो संख्यामा कोरोना पोजेटिभ रिपोर्ट आएपछि गाउँपालिकाले पालिका वाट प्रदान हुने सम्पूर्ण सेवा जेठ ३ गते सम्मको लागि वन्द गर्ने निर्णय गरेको छ । आज वसेको गाउँपालिका स्तरिय संकट व्यवस्थापन समितिको बैठकले गाउँपालिकाले दिने सेवाका साथै पालिका भित्रका बैक तथा वित्तिय संस्था तथा पसलहरुपनि वन्द गर्ने निर्णय गरेको अध्यक्ष राईले जानकारी दिए ।