प्रियंकाका गर्भावस्थाका तस्वीर सामाजिक सञ्जालमा भाईरल(फोटो फिचर)

प्रियंका कार्कीले सामाजिक सञ्जालमार्फत आफ्ना तस्वीरहरु सार्वजानिक गरेपछि भाईरल भएका छन् ।

केही महिना अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती छन् कि भन्ने विषयमा चर्चा चलेको थियो। उनका शुभचिन्तक तथा फ्यानहरूले उनी सामाजिक सञ्जालमा सक्रिय नदेखिएको र पोस्ट गरिएका फोटोमा मोटाएको देखिएको जस्ता कुरालाई आधार बनाएर प्रियंका गर्भवती भएको हो कि ? भन्ने अड्कल काटेका थिए।

अब प्रियंकाले खुलस्त रूपमा आफू गर्भवती भएको स्वीकारेकी छन्।अहिले उनले बिभिन्न फोटाहरु शेयर गरिरहेको छिन् । जुन फ्यानहरुले अत्याधिक मन पराइरहेका छन् । उनका तस्वीरहरुलाई हजारौं लाईक तथा रिएक्ट आउने गरेका छन् ।

नायिका प्रियंका कार्की बेलावखतमा चर्चामा आइरहन्छिन् । नायिकाका कार्कीको फिल्ममा चल्न छाडेको धेरै भयो । काकी इन्टाग्राममा भने हिट छिन् । उनको हाल इन्टामा १ मिलिएन फलोर्अस रहेका छन् । हालसम्म उनको इन्सटा अकाउन्टमा करिब चार हजार पोष्ट रहेका छन ।

प्रियंका भने आफ्नो गर्भावस्थामा रमाइरहेको छिन् र सामाजिक सञ्जालमा फोटाहरु पोष्ट गरिरहेको छिन् । हेरौं उनका केही तस्विरहरु :