भोजपुरमा कोरोना संक्रमितको संख्या २ सय १४ पुग्यो, कुन पालिकामा कति ?

भोजपुर,११ जेठ- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट संक्रमित हुनेको संख्या २ सय १४ पुगेको छ । आज २५ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए ।

दोस्रो लहरको कोभिड १९ मा जम्मा २ सय ८६ जनाको पिसिआर संकलन गरिएको छ । २ सय ७१ को पिसिआर रिपोर्ट आएकोमा ९१ जनाको को कोरोना पोजेटिभ आएको हो । १५ जनाको रिपोर्ट आउन वाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हाल सम्म भोजपुरमा एन्टिजेन्ट परिक्षण विधिवाट २ सय ७१ जनाको परिक्षण गरिएकोमा १२३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

भोजपुरमा हाल सम्म सवैभन्दा धेरै षडानन्द नगरपालिका र राम प्रसाद राई गाउँपालिकामा कोरोना संक्रमित देखिएका छन् । दुवै पालिकामा ५५-५५ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले वताउँछ । भोजपुरको भोजपुर नगरपालिकामा ३३, हतुवागढीमा ४७, आमचोकमा ९, पौवादुम्मामा ३, अरुणमा १०, साल्पासिलिंछोमा १ र टेम्के मैयुंगमा १ जना संक्रमित रहेकाछन् ।

भोजपुरका १ सय ८२ जना सक्रिय संक्रमित होम आईसोलेसनमा रहेकाछन् । जिल्ला वाहिर २ जनालाई उपचारको लागि पठाईएको छ भने संस्थागत आईसोलेसनमा ६ जना रहेकाछन् । भोजपुरका हाल सम्म २३ जना संक्रमण मुक्त भएका छन् । भोजपुर नगरपालिकाका १ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ ।