एमाले एकताका लागि दोस्रो पुस्ताका नेताहरुको मध्यरातसम्म वार्ता

काठमाडौं– काठमाडौं नेकपा एमालेको विवाद समाधान गर्न दुवै पक्षका नेताहरुको औपचारिकरअनौपचारिक सक्रियता घटेको छैन । यही सिलसिला अन्तर्गत सोमबार साँझ साढे ६ बजेदेखि राति ११ बजेसम्म एमालेको दोस्रो पुस्ताका सात जना नेताहरुको बैठक होटल याक एण्ड यतिमा बसेको छ ।

बैठकमा संस्थापनबाट स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सहभागि थिए भने माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागि थिए ।

नेम्वाङका अनुसार पार्टीको विवाद समाधान गर्ने प्रयास जारी छ । त्यक्रममा आन्तरिक छलफलहरु तीव्र छन् । ‘हामी पार्टी एकताका पक्षधरहरु थाकेका छैनौं,’ नेम्वाङले भन्नुभयो ‘यसैक्रममा हिजोको बैठक भएको हो । सायद यसको सुखद् परिणाम केही दिनमा थाहा पाउनुहुनेछ ।’