‘ओली सुध्रिने लक्षण छैन, अझै छलछाम गर्दैछन्, अब रोकिएर बस्न सकिँदैन’

नेकपा एमालेबाट निष्कासनमा परेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले वार्ताका नाममा अझै पनि छलछामको रणनीति लिइरहेको आरोप लगाएका छन्।

आफू पक्षीय २३ वटा जनसंगठनको बुधबार भएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेता नेपालले ओली मिल्ने भन्दा नमिल्ने दिशामा अघि बढेको भन्दै अब कुरेर बस्न नसकिने बताएका छन्।

केपी ओलीका कारण कम्युनिष्ट आन्दोलन विघटनतर्फ जाँदैछ। पटक पटक वार्ताका नाममा झुलाउने मात्रै काम गरिरहेका छन्ु, नेता नेपालको भनाइ उद्धृत गर्दै उनीनिकट जनसंगठनका एक अध्यक्षले फरकधारसँग भने, ओली कम्युनिष्ट आन्दोलनलाई क्षयीकरण गर्ने अभियानमा लागेका छन्। पार्टी समाप्त गर्नतर्फ अघि बढेका छन्।ु

नेता नेपालले ओलीले चाहेमा एमाले अझै पनि एक हुने सम्भावना जीवितै रहेको पनि बताए। ओलीले आजसम्म कहिले पनि पार्टी पद्धतिको निर्णयलाई मानेनन्, उलंघन मात्रै गरिरहेु, उनले भने, हामीसँग सहमति गर्ने तर पार्टी अध्यक्षको तहबाट तोड्दै जाने चरित्र उनले देखाउँदै गएका छन्। त्यसैले वार्ताबाट सहमति भए पनि उनी पार्टी एकतामा प्रतिवद्ध हुँदैनन् भन्ने मेरो निचोड हो।ु

नेता नेपालले आजको भर्चुअल बैठकमा केही दिनअघि आफूले नेता गोकर्ण विष्टलाई मिल्न सक्ने सम्भावनाबारे तीन दिनमा विकल्प खोज्न भनेको पनि स्मरण गरे।

केहीअघि मैले गोकर्ण कमरेडलाई तीन दिनभित्र मिल्ने नमिल्ने कुराको छिनोफानो गर्न भनिसकेको थिएँ। तर यी तीन दिनमा कुनै प्रगति भएको जानकारी मसँग छैनु, नेपालले भने, ओलीजीले सुध्रिने र सच्चिएर अघि बढ्ने त्यस्तो कुनै काम गरेकै छैनन्। पार्टीलाई २०७५ जेठ २ मा फर्काउँछु भनेर विज्ञप्ति निकालेर फकाउन सक्छन्। तर उनको विगत हेर्ने हो भने उनी सम्झौता पालना गर्ने कुरामा पटक्कै प्रतिवद्ध छैनन्। त्यसैले उनको कुरामा भरोसा गरिजाने अवस्था छँदै छैन।

नेकपा सम्झिए

नेता नेपालले अहिले चलिरहेको विवादलाई फागुन २३ मा खारेजीमा परेको नेकपा स्मरण गरेर व्याख्या गरे। उनले नेकपा जीवित रहेको बेलामा २०७७ पुस १ गतेको घटना स्मरण गर्दै ओलीप्रति विश्वास गर्न नसकिने अवस्था रहेको उल्लेख गरेका थिए।

तत्कालीन नेकपाको विवाद विभाजनतर्फ अघि बढिरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल संसदको विशेष अधिवेशन माग गरेर राष्ट्रपति कार्यालय शीतल निवासमा समावेदन दर्ता गर्न गएका थिए।

नेकपा स्थायी कमिटी बालुवाटारमा बसिरहेकै समयमा दाहाल नेपाल संसदको विशेष अधिवेशन माग्दै समावेदन दर्ता जाँदा दुवै पक्षका दोस्रो तहका नेताहरु सक्रिय भएका थिए। उनीहरुले दाहाल नेपालले राष्ट्रपति कार्यालयमा दर्ता गरेको समावेदन फिर्ता लिने तथा प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति जुटाएका थिए।

उक्त सहमतिपछि दाहाल(नेपालले आफ्ना नेतालाई शीतल निवासबाट बोलाए। तर ओलीले छलछाम गरेर अध्यादेश फिर्ता नलिएको नेपालले बताए। त्यही अध्यादेश फिर्ता नलिएर ओलीले संवैधानिक निकायमा एकपक्षीय नियुक्ति गरी धोका दिएको कुरा नेपालले उल्लेख गरेका थिए। यसलाई उनले ओली सहमतिमा इमान्दार नहुने कुरा प्रष्ट हुने कुरा उनले आफ्ना कार्यकर्ता माझ ब्याख्या गरेका थिए।

नेता नेपालले अहिले पनि त्यस्तै छलछामको राजनीति गरिरहेको तर्क गरेका थिए। ुओली आफ्नो सम्झौतामा इमानी छैनन् भन्ने कुरा पुस १ को त्यो घटनाले पनि पुष्टि गरिसकेको छ। उनी सम्झौता गर्छन् अनि छलछाम गरेर पेल्दै अघि बढ्ने चरित्रका छन्ु, उनले भने, संसद विघटनको मुद्दामा ओलीले पनि सर्वोच्चमा आफ्नो पक्षमा रहेको बहुमत पुष्टि गर्नुपर्ने हुन्छ। त्यो अवस्थामा उनलाई समस्या हुन सक्छ। हामी अघि बढिसकेका छौँ, हामीसँग आउने आइजान्छन्, नआउने छुट्ने हुन्। अब धेरै कुरेर बसिरहन सक्ने अवस्था छैन।

नेता नेपालले एमालेमा अहिले भइरहेको दोस्रो तहको वार्ताबारे पनि अनभिज्ञता जनाएका छन्। आजको भर्चुअल बैठकमा उनले कार्यदलमा रहेका नेताहरुलाई कारबाही गरेर झ्यालबाट हुने वार्ता अर्थपूर्ण नहुने उल्लेख गरेका थिए।

पछिल्लो समय माधव पक्षका योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसालसहितका नेताहरु ओली पक्षका दोस्रो तहका नेताहरुसँग सम्वादमा छन्। आजै नेता भट्टराईले एमाले महासचिव ईश्वर पोखरेलसँग सिंहदरबारमा वार्ता गरेका छन्।

एमालेलाई एक बनाउने कुरामा वार्ता अघि बढिरहेको भन्दै आज बालुवाटारमा बोलाइएको स्थायी कमिटी बैठक पनि भोलिसम्मलाई स्थगित भएको छ। एमालेले यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित विघटित प्रतिनिधिसभाका ११ सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी १० जेठमा निष्कासन गरेको थियो।

एमाले स्थायी कमिटी बैठकले नेपाल, खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्कालाई कारबाही गरेको थियो। त्यही दिन दोस्रो तहका नेताहरुसहित १२ जनालाई एमालेले स्पष्टीकरण सोधेको थियो। तर उनीहरुले अहिलेसम्म जवाफ दिएका छैनन्।

उनीहरुले जवाफ नदिएको अवस्थामा मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एमाले बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय लिएको थियो। सोमबार दुवै पक्षका दोस्रो तहका नेताबीच याक एन्ड यति होटलमा भएको वार्तापछि स्थायी कमिटीले नेपाल पक्षका १२ नेतामाथिको कारबाही रोकेर अन्तिमसम्म पार्टी बचाउन पहल गर्ने निर्णय लिएको थियो।

वार्ता जारी रहेको अवस्थामा नेताहरुले सहमति सम्भावना रहेको बताएपछि ओलीले स्थायी कमिटी बैठक भोलिसम्मलाई स्थगित गरेका हुन्। तर नेता नेपालले भने ओलीसँगको समस्या आफ्नो भन्दै अन्यले गरेको वार्ताले प्रतिफल दिन नसक्ने तर्क गरिरहेका छन्।

‘ओली सुध्रिने लक्षण छैन, अझै छलछाम गर्दैछन्, अब रोकिएर बस्न सकिँदैन’

नेकपा एमालेबाट निष्कासनमा परेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले वार्ताका नाममा अझै पनि छलछामको रणनीति लिइरहेको आरोप लगाएका छन्।

आफू पक्षीय २३ वटा जनसंगठनको बुधबार भएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेता नेपालले ओली मिल्ने भन्दा नमिल्ने दिशामा अघि बढेको भन्दै अब कुरेर बस्न नसकिने बताएका छन्।

केपी ओलीका कारण कम्युनिष्ट आन्दोलन विघटनतर्फ जाँदैछ। पटक पटक वार्ताका नाममा झुलाउने मात्रै काम गरिरहेका छन्ु, नेता नेपालको भनाइ उद्धृत गर्दै उनीनिकट जनसंगठनका एक अध्यक्षले फरकधारसँग भने, ओली कम्युनिष्ट आन्दोलनलाई क्षयीकरण गर्ने अभियानमा लागेका छन्। पार्टी समाप्त गर्नतर्फ अघि बढेका छन्।ु

नेता नेपालले ओलीले चाहेमा एमाले अझै पनि एक हुने सम्भावना जीवितै रहेको पनि बताए। ओलीले आजसम्म कहिले पनि पार्टी पद्धतिको निर्णयलाई मानेनन्, उलंघन मात्रै गरिरहेु, उनले भने, हामीसँग सहमति गर्ने तर पार्टी अध्यक्षको तहबाट तोड्दै जाने चरित्र उनले देखाउँदै गएका छन्। त्यसैले वार्ताबाट सहमति भए पनि उनी पार्टी एकतामा प्रतिवद्ध हुँदैनन् भन्ने मेरो निचोड हो।ु

नेता नेपालले आजको भर्चुअल बैठकमा केही दिनअघि आफूले नेता गोकर्ण विष्टलाई मिल्न सक्ने सम्भावनाबारे तीन दिनमा विकल्प खोज्न भनेको पनि स्मरण गरे।

केहीअघि मैले गोकर्ण कमरेडलाई तीन दिनभित्र मिल्ने नमिल्ने कुराको छिनोफानो गर्न भनिसकेको थिएँ। तर यी तीन दिनमा कुनै प्रगति भएको जानकारी मसँग छैनु, नेपालले भने, ओलीजीले सुध्रिने र सच्चिएर अघि बढ्ने त्यस्तो कुनै काम गरेकै छैनन्। पार्टीलाई २०७५ जेठ २ मा फर्काउँछु भनेर विज्ञप्ति निकालेर फकाउन सक्छन्। तर उनको विगत हेर्ने हो भने उनी सम्झौता पालना गर्ने कुरामा पटक्कै प्रतिवद्ध छैनन्। त्यसैले उनको कुरामा भरोसा गरिजाने अवस्था छँदै छैन।

नेकपा सम्झिए

नेता नेपालले अहिले चलिरहेको विवादलाई फागुन २३ मा खारेजीमा परेको नेकपा स्मरण गरेर व्याख्या गरे। उनले नेकपा जीवित रहेको बेलामा २०७७ पुस १ गतेको घटना स्मरण गर्दै ओलीप्रति विश्वास गर्न नसकिने अवस्था रहेको उल्लेख गरेका थिए।

तत्कालीन नेकपाको विवाद विभाजनतर्फ अघि बढिरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल संसदको विशेष अधिवेशन माग गरेर राष्ट्रपति कार्यालय शीतल निवासमा समावेदन दर्ता गर्न गएका थिए।

नेकपा स्थायी कमिटी बालुवाटारमा बसिरहेकै समयमा दाहाल नेपाल संसदको विशेष अधिवेशन माग्दै समावेदन दर्ता जाँदा दुवै पक्षका दोस्रो तहका नेताहरु सक्रिय भएका थिए। उनीहरुले दाहाल नेपालले राष्ट्रपति कार्यालयमा दर्ता गरेको समावेदन फिर्ता लिने तथा प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति जुटाएका थिए।

उक्त सहमतिपछि दाहाल(नेपालले आफ्ना नेतालाई शीतल निवासबाट बोलाए। तर ओलीले छलछाम गरेर अध्यादेश फिर्ता नलिएको नेपालले बताए। त्यही अध्यादेश फिर्ता नलिएर ओलीले संवैधानिक निकायमा एकपक्षीय नियुक्ति गरी धोका दिएको कुरा नेपालले उल्लेख गरेका थिए। यसलाई उनले ओली सहमतिमा इमान्दार नहुने कुरा प्रष्ट हुने कुरा उनले आफ्ना कार्यकर्ता माझ ब्याख्या गरेका थिए।

नेता नेपालले अहिले पनि त्यस्तै छलछामको राजनीति गरिरहेको तर्क गरेका थिए। ुओली आफ्नो सम्झौतामा इमानी छैनन् भन्ने कुरा पुस १ को त्यो घटनाले पनि पुष्टि गरिसकेको छ। उनी सम्झौता गर्छन् अनि छलछाम गरेर पेल्दै अघि बढ्ने चरित्रका छन्ु, उनले भने, ुसंसद विघटनको मुद्दामा ओलीले पनि सर्वोच्चमा आफ्नो पक्षमा रहेको बहुमत पुष्टि गर्नुपर्ने हुन्छ। त्यो अवस्थामा उनलाई समस्या हुन सक्छ। हामी अघि बढिसकेका छौँ, हामीसँग आउने आइजान्छन्, नआउने छुट्ने हुन्। अब धेरै कुरेर बसिरहन सक्ने अवस्था छैन।ु